चर्चहरूमा २ लाख बढी बालबालिकामाथि यौन र्दुव्यवहार भएको तथ्य सार्वजनिक

Posted on: 05 Oct, 2021

असोज १९ , काठमाडौँ (एजेन्सी)। फ्रान्सेली क्याथोलिक पादरीहरूले सन् १९५० यता झण्डै २ लाख १६ हजार बालबालिकालाई यौन दुव्र्यवहार गरेको खुलासा भएको छ। एक स्वतन्त्र अनुसन्धानले ७० वर्षको अवधिमा सो संख्यामा बालबालिकाहरू पादरीहरूबाट यौन दुव्र्यवहारमा परेको तथ्य पत्ता लगाएको हो।चर्चका सामान्य सदस्यहरूले गरेको दुव्र्यवहारको घटनालाई समेत जोड्ने हो भने यो संख्या ३ लाख ३० हजारसम्म पुग्ने अध्ययनको निष्कर्ष छ।

अनुसन्धान प्रमुख जीन मार्क सौभाले यो तथ्याङ्क निकै काहलीलाग्दो रहेको बताएका छन्। फ्रेन्च चर्चहरूले अनुसन्धानको निष्कर्ष लज्जास्पद र डरलाग्दो रहेको भन्दै त्यसका लागि माफी मागेका छन्।

एक पीडितले अनुसन्धानलाई फ्रान्सको इतिहासको एउटा महत्वपूर्ण मोड भन्दै घटनालाई क्याथोलिक चर्चको मौलिक रूपमा आफ्नो कार्यहरूको पुनःमूल्याङ्कन गर्ने समय भएको बताएकी छन्।

यो अनुसन्धान सन् २०१८ मा फ्रेन्च क्याथोलिक चर्चद्वारा गरिएको थियो। प्रहरी, चर्चको अभिलेख, पीडितहरू र साक्षीहरूसँगको झण्डै दुई वर्षको सोधपुछपछि अनुसन्धान प्रतिवेदन तयार गरिएको हो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!