काभ्रेमा ट्रिपरको ठक्करबाट एकको मृत्यु, १ घाइते

Posted on: 19 Jun, 2018

असार ५, काभ्रे । काभ्रेको पनौतीमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्।

बा ४ ख ३५७० नम्बरको ट्रिपरले बा ९२ प ४२१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार काभ्रेको बेथानचोक गाउँपालिकाका हकजित लामाको मृत्यु भएको हो।

मोटरसाइकल चालक सामान्य घाइते छन् । उनको बेनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय, बनेपाले जानकारी दिएको छ।

ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!