काभ्रेमा बाढीले बगाउँदा एकको मृत्यु, चार घरमा क्षति

Posted on: 12 Jul, 2018

असार २८, बनेपा | काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–११ स्थित बोहरेदोभानमा बाढीले बगाउँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

बुधबारदेखि निरन्तर परेको वर्षाका कारण खोलामा बाढी आएपछि आज बिहान पाँचखालस्थित झिगु खोला तर्नेक्रममा बगाउँदा सोही नगरपालिका–१२ का डोरनाथ कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले बताउनुभयो । 

यसैबीच, बाढीका कारण काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–२ मा दुई घर र वडा नं १ मा एक घर तथा रोशी गाउँपालिका–८ मा एउटा घर गरी चार घर पूर्णरुपमा क्षति भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिनुभयो । रासस 

माथिको तश्विरमा: नेपाली सेनाको टोलीले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–२ पुलबजारमा अविरल बर्षाको कारण डुबानमा फसेका चार जनाको उद्दार गर्दै । तस्बिर, सौजन्यः नेपाली सेना, रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!