काभ्रेका अलैँची किसान निराश

Posted on: 11 Nov, 2016

कार्तिक २६, बनेपा । अलैँचीको मूल्यमा ४० प्रतिशत तथा उत्पादनमा २० प्रतिशतले कमी आएपछि काभ्रेपलाञ्चोकका किसान निराश भएका छन् । 

खडेरीका कारण उत्पादन घटेको र मूल्यमा समेत कमी आएपछि अलैँची किसान मारमा परेका हुन् । रु दुई हजार ८०० मा बिक्री हुने अलँैची अहिले रु एक हजार २०० मा बिक्री भएको ¥याले गाविसका किसान उपेन्द्र तिमल्सिना बताउनुहुन्छ । 

अहिले अलैँचीमा लाही, कीराको सङ्क्रमण देखिएको छ । फल लागेर पनि लामो समयसम्म नपाकेको किसानले बताएका छन् । दुई रोपनी जग्गामा अलँैचीको बिरुवा र बीउ उत्पादन गर्दै आउनुभएका तिमल्सिना बिरुवा बिक्री तथा वितरण गरेर वार्षिक रु एक लाख २० हजार आम्दानी गरेको बताउनुहुन्छ । 

“बजारको पहुँच  छैन, मूल्यमा उतार चढाव आउने गरेको छ,” उहाँले भन्नुभयो । जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत थर्कबहादुर जिसीले अलैँचीको प्रर्वद्धनका लागि किसानलाई बीउ र बिरुवा वितरण तथा तालिम प्रदान गरेको बताउनुभयो । जिल्लामा करिब ८० टन अलैँची उत्पादन हुन्छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!