पाँचथरको १० गाविसलाई लक्षित गर्दै २४ सै घण्टा एम्बुलेन्स सेवा

Posted on: 21 Sep, 2016

असोज ५, पाँचथर | पाँचथरको ग्रामिण भेग यासोक बजारबाट २४ सै घण्टा एम्बुलेन्स सेवा संन्चालनमा आएको छ । स्वर्गिय रञ्जन सिह बोहोरा स्मृति प्रतिस्ठानले यासोक बजार बाट सेवा दिने उदेश्यले एम्बुलेन्स सेवा सन्चालनमा ल्याईएको छ ।

लामो समय देखी बिरामी बोक्ने सवारी साधनको अभावका कारण समयमै अस्पताल पुग्न नसकी रहेका सर्वसाधरणलाई यो सेवाले थप राहत पुग्ने प्रतिस्ठानका  संन्चालक नरेन्द्र बोहोराले बताउनु भयो । ईलाका स्वास्थ्थ चौकी यसोकमा यस अघीे पनि एम्बुलेन्सको माग लामो समय देखी उठ्दै आएको थियो ।

तर सम्बन्धित निकायले स्थानियको माग प्रति खासै ध्यान नदिए पछि प्रतिस्थानले आफ्नै पहलमा अक्सीजन सहितको एम्बुलेन्स सेवा सन्चालनमा ल्याईएको प्रतिस्ठानका एम्बुलेन्स सन्चालन पछि १० गाविसका स्थानियहरुले सेवा पाँउने बताईएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!