रोशी गाउँपालिका प्रमुखमा एमालेको बलियो उम्मेद्वार

Posted on: 05 May, 2017

भीम लामा/बैशाख २२, काभ्रे । आमामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा काभ्रे जिल्ला रोशी गाउंपालिका प्रमुखका लागि चर्चित नाम बज्रध्वज लामालाई एमालेले उम्मेद्वार बनाएको छ । 

उम्मेद्वार मनोनयन दर्तासंगै रोशीगाउँपालिकामा आफुले सहजै रुपमा जित हासिल गर्न सक्ने दावी गरे । रोशीखोलाका जनताको मन जित्न सफल उम्मेद्वारका रूपमा आफूलाई स्थापित गराउन गूरुयोजना सहित चुनावी मैदानमा होमिएका छन् । 

१० ओटा गा.वि.स.को संयोजनपछि बनेका उक्त रोशीगाउँपालिका अन्यभन्दा  फरक भौगोलिक र संभावना बोकेको गाउँपालिका भएकाले आफु मेहनती साथ विकास र परिवर्तनका निम्ति ज्यान दिन तयार रहेको बताउछन् । सबैलाई शिक्षाको पहुच पु¥याउन लामो समयदेखि अनवरत रूपमा शिक्षा क्षेत्रको सुधारका कार्यमा लागेका उनि शिक्षालाई नै पहिलो प्राथामिकता दिदै मस्टर डिग्री सम्म अध्ययन अध्यपान गराउने विद्यायलको स्थापनामा जोड दिएका छन् । 

मुख्यतय आफु यस निर्वाचनमा विजयपछि उक्त क्षेत्रमा खानेपानीको अभाव देखिएकाले स्वच्छ खानेपानी खुवाउने, एक घर एक रोजगार, प्राविधिक शिक्षा, पर्यटन व्यावसाय, लगाएत स्वास्थ्य क्षेत्रको विकास र वृद्धिस्तरमा प्रतिवद्धता दिएका छन्् । आम जनसमुदायको स्वास्थ्यलाई मध्य नजर गर्दै एक सय सैयाको अस्पतालको स्थापना गरेर सेवा प्रदान गर्ने बताए । 

उनले १२ ओटा वडामै दश युवा बराबर एक उद्यामी बनाउने समेत संकल्प गरेका छन् । उनले थपे रोशी गाउँपालिकालाई देशकै स्तरिय र नमूना गाउँपालिका बनाउने लक्ष्य सहति जनतामाझ मतदानको आपेक्षका गरेका छन् । 

पिन्थलीमा २००९ मा जन्मिएका लामा वि.स. २०३४ सालमै गा.वि.स अध्यक्ष भैसकेको इमान्दार, कर्मठ, विकासप्रेमी तथा शिक्षा र समाजसेवामा तत्परता रहि क्रियाशिल भूमिका निभाउँदै आएका व्यक्तिको रूपमा चिनिन्छ । 

रोशी भेगमै बज्र लामाको नसुन्ने व्यक्ति विरालै छन् । २३ वर्षसम्मा विद्यालय व्यवस्थापनमा लाग्दै हरेक गाउँबस्तीमा शिक्षाको पहुँच पु¥याउने अभिलाषाका साथ विद्यालयको व्यवस्थापन र शिक्षामा सुधार ल्याउने कार्यमा तल्लिन व्यक्ति हुन । 

त्यस्तै सामाजिक तथा महिला अधिकारकर्मीका क्षेत्रमा क्रियशिल विभिन्न सामाजिक संघसंस्थाका पद सम्हालेर सबैको नजरमा पार्न सफल व्यक्ति बबिता बोहोरालाई उपप्रमुखमा उम्मेद्वार बनाएकी छन् । सरल मिलनसार र महिलामैत्री जनप्रतिनिधिको आवश्यकतालाई महुसुस गरेको व्यक्त गर्दै आफू एमालेको तर्फबाट गाउँ उपप्रमुखमा उम्मेद्वारी दिएको बताईन् । स्थानीय तहको निर्वाचनमा आफु जित्ने शंक नभएको बताउँदै मेरो क्षमतालाई कदर गर्दै रोशी गाउँपालिकाका दाजुभाई दिदीबहिनी सबैले जिताएरै छाड्ने दावी गरिन् । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!