गोली प्रहारबाट माओवादी केन्द्रका कार्यकर्ताको मृत्यु

Posted on: 14 May, 2017


वैशाख ३१, काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका ४ भकुण्डेबेसीमा गोली हानेर माओवादी केन्द्रका एक कार्यकर्ताको हत्या गरिएको छ ।

शनिबार राती करिब ९ बजेतिर  गोली लागेर माओवादी केन्द्रका कार्यकर्ता नबराज पाठकको हत्या भएको हो प्रहरीले जनाएको छ । निर्वाचनको अघिल्लो रातको यस घटनाले मतदाता त्रसित भएका छन् ।

नेकपा माओवादी केन्द्र नमोबुद्वका सहइन्चार्ज हरि तिमल्सिनाले सशस्त्र प्रहरीले हत्या गरेको आरोप लगाएका छन् ।  तर, सशस्त्र प्रहरीले भने मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेर भागेको बताएको छ । 

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!