जिसस काभ्रेपलाञ्चोकमा एमालेको समूह विजयी

Posted on: 09 Aug, 2017

साउन २५, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिमा नेकपा (एमाले)को समूह विजयी भएको छ । 

एमालेका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिएका उद्धव केसीको समूहका सबैले १४ मत प्राप्त गरी विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सो निर्वाचनमा काँग्रेस– माओवादीको गठबन्धन दुई मतले पराजित भएको थियो । 

समन्वय समितिको उपप्रमुखमा मञ्जु गौतम, महिला सदस्यमा शुभवती शिवभक्ति, राजकुमारी श्रेष्ठ, गीता सुनुवार, दलित तथा अल्पसंख्यकका तर्फबाट विकास मगराती, अन्य सदस्यमा सन्तनु केसी, प्रेमकुमार लामा दोङ, कृष्णबहादुर तामाङ निर्वाचित हुनुभएको छ । 

काभ्रेपलाञ्चोकमा रहेको छ नगरपालिका र सात गाउँपालिकाका २६ जना प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्ष मतदानमा सहभागी थिए । उनीहरुको शपथग्रहण कार्यक्रम २९ गते हुने बताइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!