काभ्रेपलान्चोकमा दुर्घटना हुँदा दुईको मृत्यु

Posted on: 11 Dec, 2016

मङ्सिर २६, बनेपा । काभ्रेपलाञ्चोकको नासिकास्थान गाविस–१ भैसीपाटीको अरनिको राजमार्ग सडकखण्डमा आज बिहान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा झापा जिल्लाका ४१ वर्षीय निलम कार्की र मोरङ मधुमाला–७ बस्ने ३५ वर्षीय मदन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो । 

दमकबाट सिन्धुली हुँदै काठमाडौँ गइरहेको मे१ज २१९१ नंको टाटासुमोलाई विपरीत दिशाबाट आउँदै गरेको बा४ख ३५५६ नंको टिपरले ठक्कर दिँदा सुमो खेतमा पल्टिएको थियो । प्रहरीका अनुसार टिपर चालक फरार छन् भने टिपर नियन्त्रणमा लिइएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका दुवैको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । सो घटनामा घाइते भएका अन्य नौजनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!