काभ्रेमा करेन्ट लागेर एकको मृत्यु

Posted on: 11 Mar, 2017

फागुन २८, बनेपा । काभ्रेपलाञ्चोकको पनौती–८ मा आज एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । 

पनौतीस्थित भालेश्वर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १६ वर्षीय सन्तोष थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो । 

बल खेलिरहेका थापा बल लिन छतमा गएको अवस्थामा छतमाथिबाट गएको तारले छुँदा करेन्ट लागेर मृत्यु भएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!