काभ्रेपलाञ्चोकमा ३० हजार मतदाता थप

Posted on: 22 Aug, 2017

भदौ ६, बनेपा । काभ्रेपलाञ्चोकमा २९ हजार ७२९ जनाले तस्विर सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । 

छ नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा केही गाउँपालिकाको विवरण नआएकाले यो संख्या अझै बढ्न सक्ने निर्वाचन अधिकारी मधुकर पोखरेलले जानकारी दिनुभयो । 

जिल्ला निर्वाचन कार्यालयले साउन १ देखि भदौ ३ गतेसम्म फोटोसहितको मतदाता नामावली संकलन गरेको थियो । यसअघि जिल्लामा कुल दुई लाख ३० हजार ८४९ मतदाता थिए । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!