बनेपामा लफडा, अरनिको राजमार्ग अवरुद्ध

Posted on: 17 Nov, 2017

मङ्सिर १, काठमाडौँ । टिप्परको ठक्करले मोटरसाइकल चालक घाइते भएपछि सुरु भएको विवाद झडपमा परिणत हँदा अरनिको राजमार्ग अवरुद्ध बनेको छ ।


पीडित पक्षले गरेको प्रदर्शन नियन्त्रणवाहिर गएपछि प्रहरीले बजारसमेत बन्द गराएको छ । धलिखेबाट काठमाण्डौ तर्फ गईरहेको बा २ ख ६१ ७३ नम्बरको टिपरले ना १६ प २७१७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा धुलिखेल नगरपालिका २ का बिशाल तामाङ घाईते भएका छन् ।

उनको अहिले धुलिखेल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!