काभ्रेमा टिपरको ठक्करबाट स्कुटर चालको मृत्यु

Posted on: 06 Jan, 2018

पुस २२, काभ्रे । अरनिको राजमार्गअन्तर्गत काभ्रको बनेपा नगरपालिका ८ मा टिपरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । 

शनिबार बिहान बा ४ ख ४६३९ नम्बरको टिपरले ठक्कर दिँदा बा ५५ प ३७२५ नम्बरको स्कुटरमा सवार महिलाको मृत्यु भएको हो । बिहान करिव साढे नौं बजे दुर्घटना भएको हो । 

मृतको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय काभ्रे जनाएको छ । दुर्घटनापछि स्थानीयले गरेको यातायात बन्द अहिले सुचारु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!