काभ्रेमा टिपरले किच्दा एक जनाको मृत्यु

Posted on: 07 Jan, 2018

पुस २३, बनेपा । काभ्रेपलाञ्चोकको भूम्लु गाउँपालिका–१ सापिङमा आज टिपरले किचेर एकजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीयवासी ६३ वर्षीय डबलराज गिरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिनुभयो । 

दोलालघाटबाट बालुवा लिएर भूम्लु जाँदै गरेको बा२ख ६८७७ नंको टिपरले गिरीलाई किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनापछि स्थानीयवासीले शव उठाउन नदिएको बताइएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!