काभ्रेमा पूर्वएआईजी सवार गाडी दुर्घटना, २ को मृत्यु, ४ गम्भीर घाइते

Posted on: 27 Oct, 2018

कात्तिक १०, काठमाडौं । काभ्रेमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ | दुर्घटनामा परि ४ जना गम्भीर घाइते भएका छन् |  

काभ्रेको मन्डन देउपुर नगरपालिकास्थित ढकाल थोकमा पूर्वएआईजी किरण गौतम सहित ६ जना सवार बा२च २८७ नम्बरको गाडी दुर्घटनामा परेको हो । 

वडा नं ५ का वडाध्यक्ष नेत्रप्रसाद ढकालले दिएको जानकारी अनुसार मृत्यु हुनेमा मण्डन देउपुर ४ का पत्रकार जीवन पराजुली र नमोबुद्ध नगरपालिका १० का विनोद कार्की रहेका छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

घाइते ४ जनालार्इ एम्बुलेन्समा राखेर धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!