काभ्रेमा बसको ठक्करबाट एक युवकको मृत्यु, अर्का घाइते

Posted on: 12 Dec, 2018

मंसिर २६, काभ्रे । काभ्रेमा सडक दुर्घटनामा परि एक युवकको मृत्यु भएको छ | अरनीको राजमार्ग अन्तर्गत काभ्रेको धुलिखेल-५ स्थित बाँसघारीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको हो ।

बाँसघारीबाट धुलिखेलतर्फ जाँदै गरेको बा८३प ३३५४ नम्बरको मोटरसाइकललाई डाँडापारी जाँदै गरेको ना४ख ९२२१ नम्बरको बसले पछाडिबाट ठक्कर दिंदा मोटरसाइकलमा सवार धुलिखेल-३ कुत्तालका २० वर्षीय शन्त तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी दिपक गिरीले जानकारी दिए ।

मोटरसाइकल चालक भने सामान्य घाइते भएका छन् । बस चालक र मोटरसाइकल चालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको डीएसपी गिरीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!