ठूलोगाउँमा गुम्बाद्वारा ल्होछार कार्यक्रम सम्पन्न

Posted on: 16 Feb, 2019

फागुन ४, काठमाडौं । काभ्रेपाल्चोक जिल्लाको रोशीगाउँपालिका वडा नं. २ ठूलो गाउँमा ६७४ वर्षभन्दा पुरानो डोमाङ छ्योई (पुस्तक) सार्वजनिक गरिएको छ । 

जोक्पा छेन्पो थार्पालिङ गुम्बा समितिद्वारा फागुन २ गते आयोजीत शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रमवीच बौद्ध धर्मललम्बीहरुको महत्वपूर्ण ऐतिहासिक डोमाङ छ्योई (पुस्तक) रगुम्बाको म्हाने पनि सार्वजनिक गरिएको हो । तामाङ समुदायको राष्ट्रिय पर्व ल्होछारको अवसरमा आयोजीति सो कार्यक्रममा तामाङ इतिहासकै कथाबोकेको नामविसुन लोप्चन (लामा गुरु) को छ्योई र तत्कालिन गुम्बाको म्हानेलाई स्थानीयतथा सहभागीहरुले दर्शन गर्ने अवसर पाए । तिब्बतबाट नेपालआगमनहुने क्रममा ठूलो गाउँलाई विसुन लोप्चन (लामागुरु)ले बासास्थानको रुपमा स्वीकार गरी बसोबास गर्दै आएको इतिहास छ । 


वि.सं. १४०१ सालमा स्थापितथार्पालिङ गुम्बाभत्किएर जीर्ण भएपछि सोहीगुम्बाको आस्था र चिनारीकालागिहाल समितितयारी गरी गुम्बापुनःनिर्मार्ण गर्न लागिएको समितिका अध्यक्ष भिमबहादुर लोप्चनले जानकारी दिए । उक्तगुम्बाको महत्वपूर्ण धार्मिक ग्रन्थतथा सामाग्रीहरुलाई संरक्षण गरी परापूर्वकालको इतिहासलाई जीवन्तदिनगुम्बानिर्माणको आवश्यकता रहेको उल्लेख गरे । अहिले ३ तलाको गुम्बानिर्माणका लागि समितिलागि परेको बताउँदैसहयोग गर्न सरकार र स्थानीयवासीहरुलाई आह्वन गरेको छ । गुम्बानिर्माण गर्न १ करोड ३६ लाख २ सय २२ रुपैया खर्च लाग्ने बताए । 


गुम्बाद्वारा आयोजीत सोही कार्यक्रममा बोल्दै प्रमुख अथिति समेत रहेको प्रतिनिधि सभा सांसद गंगाबहादुर तामाङले गुम्बालेतामाङतथाबौद्र्धधर्मलम्बीहरुको मात्रनभई रोशी र काभ्रेकै इतिहासको रुपमापहिचान गराउने भएकोले गुम्बाकामहत्वपूर्ण सामाग्रीहरु संरक्षणका साथै गुम्बानिर्माण गर्न आवश्यक रहेको बताए् । गुम्बानिर्माण गर्न सरकार र व्यक्तिगतहिसाबले पनि सहयोग गरिने प्रतिवद्धतता व्यक्तगर्दै समुदायभित्रको संस्कृति, संस्कार र मूल्य मान्यतालाई बचाई राख्न सबैकोदायित्व रहेको उल्लेख गरे । सांसद तामाङले आफ्नो निर्वाचन क्षेत्रभित्रका हरेक धार्मिक तथाप्राकृतिक सम्पदाहरुको खोजि गरी संरक्षण र जर्गेना गरी पर्यटनको विकाससंगै आर्थिक परिवर्तनको बाटो अबलम्बन गर्न पनि सबैलाई आग्रह गरे । 

त्यस्तै प्रदेश सांसद चन्द्र लामाले धर्म, संस्कार, भाषातथा संस्कृतिलेअनुशासन र मूल्यमान्यताको विकास गरेको उल्लेख गर्दै समुदायभित्र रहेको हरेक संस्कृतिको जर्गेनागर्दै लैजानुपर्ने बताए । सांसद लामाले पनि सो गुम्बानिर्माणमा प्रदेश सरकारबाट बजेट निकासागरिदिने प्रतिवद्धतता गरे । सोही वडाका अध्यक्षपोते लामाले पनिगुम्बाविहारले मानव कल्याण तथाधार्मिक पहिचानझल्किने भएको हुनाले पुनःनिर्माण हुनालागिएको जोक्पा छेन्पो थार्पालिङ गुम्बालाई आफ्नो वडाबाट आर्थिक, भौतिकतथा सामाजिक रुपमा सहयोग गरिने प्रतिवद्धतता व्यक्त गरे । त्यस्तै वडा नं. ३ काअध्यक्षधनजीतलामाले पनि कार्यक्रममा शुभकामना मन्तव्यसहित उक्त गुम्बा निर्माणमा सबै स्थानीय तथा सरोकारवालालाई सहयोग गर्न आह्वनगर्दै आफ्नो वडा कार्यालयबाट समेत सहयोगको प्रतिवद्धतता गरे । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!