काभ्रेपलाञ्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Posted on: 06 Dec, 2019

मंसिर २०, बनेपा । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८, अरनिको राजमार्गस्थित त्रिपन्नकिलोमा बिहीबार बेलुका मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार दोलालघाटबाट धुलिखेलतर्फ आउँदै गरेको प्रदेश नं ३–०२–००५प ९७८५ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका नवलपरासी जिल्ला दाउन्ने गाउँपालिका–७ का ४५ वर्षीया नीरमाया तामाङको उपचारका क्रममा धुलिखेल अस्पतालमा मुत्यु भएको हो ।

दुघर्टनामा परी मोटरसाइकल चालक सोही ठाउँका ५० वर्षीय खुसीमान तामाङको टाउको, नाक र दाहिने हातमा चोट लागेकाले उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुवै श्रीमान्÷श्रीमती रहेको र दोलखा माइती गई फर्कने क्रममा सो दुर्घटना भएको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!