मुल्यसुचि नै राख्दैनन् स्टेशनरी व्यवसायी

Posted on: 23 Apr, 2018

चिसाङ शेर्पा/बैशाख÷९ खोटाङ | दिक्तेलका स्टेशनरी पसलहरुले मुल्यसुचि नराख्ने गरेको पाईएको छ । पसलमा निजि पुस्तकहरुको मुल्यसुचि आम सर्वसाधरणले देख्नेगरी राखिनुपर्नेमा स्टेसनरी सञ्चालकले बेवास्ता गर्दै मुल्यसुचि नराख्ने गरेको हो ।


शिक्षा विकास समन्वय इकाइ, जिल्ला प्रशासन कार्यालय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आईतबार दिक्तेलबजारका स्टेशनरी पसलको अनुगमन गर्दा सैंजु पुस्तक पसल बाहेक अन्य कुनैपनि स्टेशनरी पसलले मुल्यसुचि नराखेको पाईएको हो । न्यु शाक्य पुस्तक पसल, श्रेष्ठ बुक एण्ड स्टेशनरी, कविता वुक्स एण्ड स्टेशनरी, पूर्वाञ्चल वुक्स एण्ड स्टेशनरी सप्लार्यसले निजि पाठ्यपुस्तकको मुल्यसूचि नराखेको शिक्षा विकास समन्वय इकाइ शाखा अधिकृत ठाकुर दाहालले बताए । 

अनुगमन गरेका ५ वटा स्टेशनरीले आफ्नो पसल नविकरण, स्थायी लेखा नम्बर भए पनि लेखा परिक्षण भने आफैले नगरेको पाईएको छ । आफ्नो कारोवारको सम्पुर्ण लेखा परिक्षण उधोग वाणिज्यसंघले गरिदिने गरेको सैजु पुस्तक पसलका सञ्चालक उत्सब सैंजुले जानकारी दिए । मुल्यसुचि पुस्तकमै हुने र झन्झटिलो हुने भएको भन्दै व्यापारीले मुल्ससुचि नराखेको बताएका छन् । 

अनुगमन टोलीले दिक्तेलबजारका माउण्ट एभरेष्ट बोर्डिङ स्कुल, समता स्कुल र दिक्तेल ईङ्लिस बोर्डिङ स्कुलको समेत अनुगमन गरेको थियो । दुई बोर्डिङको स्थायी लेखा नम्बर, कम्पनी रजिस्ट्रर, शिक्षक तलब स्केल, सञ्चालक समिति नामावली, विधार्थी भर्ना, बिल, भपाई, शिक्षक नियुक्ती पत्र लगायतको अनुगमन गरेको थियो । समता स्कुलका हकमा भने सञ्चालक समिति नरहेको र संस्थापक बाहिर रहेकाले सामान्य सोधपुछ गरिएको थियो ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!