ऐसेलुखर्क गाउँपालिकाको बजेट साँढे २८ करोड

Posted on: 11 Jul, 2018

चिसाङ शेर्पा/असार÷२७, खोटाङ | ऐसेलुखर्क गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ का लागि २८ करोड ५६ लाख, ८ हजार, ९ सय ८७ रुपैयाँ बजेट बिनियोजन गरेको छ । सडक, विधुत, स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार प्रविधिलाई पहिलो प्राथमिकतामा राखी ऐसेलुखर्कस्थित त्रिभुवन माविको सभाहलमा बुधबार ऐसेलुखर्क गाउँपालिकाका उपप्रमुख पुष्पकला भुजेलले बजेट प्रस्तुत गर्नुभएको हो ।

गाउँपालिकासभाले शशर्त अनुदानतर्फ १३ करोड ७० लाख, चालु खर्चतर्फ ४ करोड ५१ लाख ४५ हजार, ५ सय, वडा स्तरमा सञ्चालन हुने पुंजीगततर्फ  ५ करोड ४३ लाख ५० हजार र गाउँपालिका स्तरमा सञ्चालन हुने पुंजीगततर्फ ४ करोड ९१ लाख १३ हजार ४ सय ८७ रुपैयाँ बजेट बिनियोजन गरेको छ । गुणस्तरीय सेवा प्रवाह र शुसासनलाई प्राथमिकता दिंदै गाउँपालिकाले सडकमा ५ करोडमाथि, विधुतमा १ करोडमाथि, स्वास्थ्यमा करीव ५० लाख, शिक्षामा ५२ लाख र सुचना तथा सञ्चार प्रविधिमा १५ लाख बजेट छुट्याइएको ऐसेलुखर्क गाउँपालिका प्रमुख बिश्वनाथ निरौलाले बताए । 

गाउँपालिकाको वडा नम्बर १ राखाबाङदेलमा रहेको बाहाने पोखरी, वडा नं. २ वाकाचोलमा अवस्थित देउराली पाखेरी, वडा नम्बर ७ माक्पामा रहेको माकिपा मन्दिर र वडा नम्बर ४ जलेश्वरीमा अवस्थित दखमलुडाडाँलाई थप व्यवस्थितगरी पर्यटन प्रर्वद्धनका निम्ति ३० लाख खेलकुदमा १५ लाख र कृषिका लागि आधा करोड बजेट बिनियोजन गरिएको जनाइएको छ । सात वडा रहेको गाउँपालिकाको समपुरक कोष(म्याचिङ फण्ट)मा ७० लाख रकम छुट्याइएको छ । महिला लक्षित कार्यक्रममा २० लाख रकम बिनियोजन गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!