तस्विरमा हेर्नुहोस दिक्तेल बजारको सडकको हालत (पाँच तस्विर)

Posted on: 17 Jul, 2018

चिसाङ शेर्पा/साउन÷१, खोटाङ | खोटाङको सदरमुकाम दिक्तेलबजार भित्रका सडक हिलाम्मे हुंदा सर्वसाधारणलाई पैदल हिड्न समेत सकस भएको छ । बर्षेनी यहि समस्या झेल्दै आएका सर्वसाधारणले मुलुक संघिय संरचनामा गई स्थानिय सरकार कायम भएको वर्षदिन सकिए पनि कुनै सुधारको महशुष गर्न पाएनन् ।


दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका रहेको दिक्तेलबजार अर्थात खोटाङको सदरमुकामले अझै पनि मुहार फेर्न सकेको छैन । चुनावी एजेण्डामा यो गर्छु, त्यो गर्छु भनेर भाषण गर्दै हिडेकाहरु अहिले मुख्य बजारको बाटोसम्म बनाउन सकेका छैनन् । पछिल्लो अवस्थाको क्रियाकलाप शुन्य र सम्बन्धित ब्यक्तिहरु निरीह देखिएको छ ।

पछिल्लो अवस्थामा जिल्लाका सरोकारवालाहरु जिल्लाको विकास र संमृद्धीलाइ लिएर चर्को बहस गर्न थालेका छन् । 

बजारभित्रै भएको सडकको बारेमा प्रश्न गर्दा, सम्बन्धित ब्यक्ति ठट्यौलीमा,‘घाम आउँछन्, सुक्छन् भनेर मजाक गर्छन् ।’ कुर्सी पाउने बितिक्कै कायापलट गर्छु भनि सत्तामा पुग्नेहरुले समेत कुनै काम नगरेको पाइएको भुक्तभोगीहरु बताउँछन् । बद्लामा सर्वसाधारणलाई शास्ती माथि शास्ती थपिएको उनीहरु स्वीकार्छन् ।

हाल दिक्तेल बजारको बेस क्याम्प, हाटडाडाँ, रत्नपार्कमा खुट्टा टेक्ने ठाउँ छैन । हेर्नुहोस दिक्तेल बजारको अवस्था ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!