समाज | खोटाङ्ग - KTG


नेता जीवन श्रेष्ठको निधन प्रकरणः दिक्तेलबजारमा सवारी दुर्घटनाको त्रास बढ्दो

Posted on June 09, 2022 | views : 913 | खोटाङ्ग - KTG

जेठ २६, खोटाङ | बाइकको ठक्करबाट राप्रपा नेता जीवन श्रेष्ठको निधन भएपछि खोटाङको दिक्तेलबजारमा सवारी दुर्घटनाको त्रास बढेको छ । २० जेठमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्क जिरोप्वइन्टबाट बजारभित्र प्रवेश गरेको प्रदेश १-०५-००१ प ६८३७ नम्बरको बाइकले ठक्कर दिँदा गम्भीर घाइते भएका श्

Read More

धकेलेर लडाउँदा गम्भीर घाइते भएका वृद्धको मृत्यु, एक पक्राउ

Posted on June 06, 2022 | views : 1123 | खोटाङ्ग - KTG

जेठ २३, खोटाङ | धकेलेर लडाउँदा गम्भीर घाइते भएका वृद्धको मृत्यु भएपछि खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्ताम्छाका २९ वर्षीय मनकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । आपसी विवादका क्रममा धकेलेर लडाउँदा गम्भीर घाइते भएका सोही ठाउँका ६९ वर्षीय हरिप्रसाद राईको मृत्यु भएपछि मनकुमारलाई प्रहरीले पक्राउ गरे

Read More

मोटरसाइकलको ठक्करबाट राप्रपाका नेता श्रेष्ठसहित दुई गम्भीर घाइते

Posted on June 03, 2022 | views : 901 | खोटाङ्ग - KTG

जेठ २०, खोटाङ | मोटरसाइकलको ठक्करबाट खोटाङमा राप्रपाका नेता जीवनकुमार श्रेष्ठ गम्भीर घाइते भएका छन् । प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ५६ वर्षीय श्रेष्ठ गम्भीर घाइते भएका हुन् ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्क जिरोप्वइन्टबाट बजारभित्र जाँदै गरेको

Read More

मलेसियामा मृत्यु भएका बिमित परिवारलाई इन्स्योरेन्स कम्पनीले दियो १४ लाख

Posted on June 03, 2022 | views : 648 | खोटाङ्ग - KTG

जेठ २०, खोटाङ | युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु भएका बिमितका परिवारलाई बिमा रकम प्रदान गरेको छ । बिमा गरेर मलेसिया गएको अवस्थामा मृत्यु भएका केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा घर भइ हाल दिक्तेलमा बसोबास गरिरहेका जितबहादुर बस्नेतको परिवारलाई युनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु द

Read More

शंकास्पद मृत फेला परेका दाहालको शव आफन्तले बुझे

Posted on May 29, 2022 | views : 852 | खोटाङ्ग - KTG

जेठ १५, खोटाङ | शंकास्पद अवस्थामा मृत फेला परेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ६३ वर्षीय मणिराम दाहालको शव आफन्तले बुझेका छन् । घटनाको विषयमा अनुसन्धानका लागि प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीको संयोजकत्वमा पाँच सदस्यीय अनुसन्धान समिति बनाएपछि आफन्तले शव बुझेका हुन् । दाहालको

Read More

मझुवागढी परिसर सरसफाई

Posted on May 29, 2022 | views : 757 | खोटाङ्ग - KTG

जेठ १५, खोटाङ | प्रगतीशिल युवा सञ्जालले खोटाङले धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी परिसर सरसफाई गरेको छ । सञ्जालमा आवद्ध युवाको समूहले शनिबार दिक्तेलको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीस्थित कालिका भगवती देविस्थान जाने सिँढी तथा गढी परिसर आसपासमा यत्रतत्र छरिएका फोहोरमैला सरसफाई गरेको हो । दर्शन एवं

Read More

दाहालको मृत्यु शंकास्पद भएको भन्दै दिक्तेलमा विरोध प्रदर्शन

Posted on May 28, 2022 | views : 775 | खोटाङ्ग - KTG

जेठ १४, खोटाङ | खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ६३ वर्षीय मणिराम दाहालको शंकास्पद मृत्यु भएको भन्दै आफन्तले छानबिनको माग सहित विरोध प्रदर्शन गरेको छ । दाहालको मृत्युका विषयमा छानबिन गरी दोषी पत्ता लगाइनुपर्ने माग सहित आफन्तले शनिबार जिल्ला अस्पतालदेखि जिल्ला प्रशासन कार्यालयसम्

Read More

खोटाङमा विद्यालय जाँदै गरेकी बालिकामाथि बलात्कार प्रयास

Posted on May 26, 2022 | views : 893 | खोटाङ्ग - KTG

जेठ १२, खोटाङ | विद्यालय जाँदै गरेकी खोटाङकी ९ वर्षीया छात्रामाथि बलात्कार प्रयास भएको छ । बुधबार बिहान विद्यालय जाँदै गरेको अवस्थामा खोटेहाङ गाउँपालिकाकी छात्रामाथि बलात्कार प्रयास भएको हो । कक्षा ५ मा अध्ययनरत बालिका विद्यालय जाँदै गरेको अवस्थामा घर नजिकै यौन दुर्व्यवहारकाे शिकार भएकी हुन् । बालिक

Read More

रुकुम हत्या काण्डः जलाइयाे मुलुकी ऐन र जंगबहादुर राणाको तस्बीर

Posted on May 25, 2022 | views : 652 | खोटाङ्ग - KTG

जेठ ११, खोटाङ | जाजरकोटका नवराज बिकसहित ६ युवाको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै खोटाङको दिक्तेलबजारमा मुलुकी ऐन र जंगबहादुर राणाको तस्बीर जलाइएको छ । आफ्नो प्रेमीका लिन पश्चिमरुकुम पुगेका नवराजसहित उनका पाँच साथीहरूको हत्यामा संलग्न दोषीमाथि कारबाहीको सुनिश्चितताका लागि दवाव सिर्जना गर्न

Read More

उपचारमा सहयोग गर्न क्यान्सरपीडित प्रितीशोभाको अपिल

Posted on May 23, 2022 | views : 1149 | खोटाङ्ग - KTG

जेठ ९, खोटाङ | ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरी भतेरेकी क्यान्सर पटीडित प्रितीशोभा राईले सहयोगका लागि अपिल गरेकी छिन् । यति अस्पताल बाफलमा उपचार गराइरहेकी राईले आर्थिक समस्या परेकाले सहयोगको याचना गर्नु परेको बताएकी छिन् ।  प्रितीशाेभाकी छोरी युनिसा राईको नाममा एनआइसी एसिया बैंक, सामाखुसीमा खोलि

Read More

घुम्ती शिविरमार्फत ४५ लाख ३१ हजार सामाजिक सुरक्षाभत्ता वितरण

Posted on May 06, 2022 | views : 1050 | खोटाङ्ग - KTG

वैशाख २३, खोटाङ | खोटाङको साकेला गाउँपालिकाले ४०२ अशक्तलाई घरैमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । सामाजिक सुरक्षाभत्ता लिँदै आएका १ हजार २०७ जना लाभग्राहीमध्ये बैंकसम्म पुग्न नसक्ने ४०२ ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र शारीरिकरुपमा अशक्तलाई गाउँपालिकाले घुम्ती शिविरमार्फत ४५ लाख ३१ ह

Read More

नाबालिका छोरीलाई करणी गरेको अभियोगमा बाबु पक्राउ

Posted on April 30, 2022 | views : 1247 | खोटाङ्ग - KTG

वैशाख १७, खोटाङ । खोटाङमा आफ्नै नाबालिका छोरीलाई करणी गरेको अभियोगमा बाबु पक्राउ परेका छन् । १२ वर्षीय छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीका ५१ वर्षीय बाबु पक्राउ परेका हुन् । आफ्नै छोरीलाई घाँटी समाएर डर त्रास देखाएर जबरजस्ती करणी गरेको सूचना आए लगत्तै इलाका प्रहरी

Read More

यस्तो रहनेछ आज, भोली र पर्सिको मौसम

Posted on April 24, 2022 | views : 19264 | खोटाङ्ग - KTG

वैशाख ११, काठमाडौँ । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।आइतबार देशको पहाडी भू-भागमा आंशिक बदली  रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ

Read More

खाली खुट्टा मेची-महाकाली पैदल यात्रामा राउत

Posted on April 08, 2022 | views : 1230 | खोटाङ्ग - KTG

चैत्र २५, खोटाङ | खोटाङको खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीका खगेन्द्र राउत खाली खुट्टामा मेची–महाकाली पैदलयात्रा निस्किएका छन् । विश्व शान्तिको कामना गर्दै ४४ वर्षीय राउत २३ फागुनदेखि खाली खुट्टामा मेची महाकाली यात्रामा निस्किएका हुन् । लामो जटा पालेर गेरु वस्त्र पहिरिएका राउत नेपालको झण्डा हातमा बो

Read More

खोटाङबाट बहुमूल्य धातु पुल्ली उत्खनन् गर्ने ५ जना पक्राउ

Posted on March 28, 2022 | views : 1081 | खोटाङ्ग - KTG

चैत १४, खोटाङ ।  खोटेहाङ गाउँपालिका–३ सावाकटहरेस्थित बारीमा बहुमूल्य धातु पुल्ली उत्खनन् गरेको आरोपमा पाँच जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा पाचँथर फिदिम नगरपालिका–९ बस्ने ५१ वर्षीय गोकुल आङ्दाङबे, २४ वर्षीय अशोक आङ्दाङबे, २६ वर्षीय झिलन आङ्दाङबे, ५७ वर्षीय डिल्ली

Read More

‘कसले कसलाई ठग्ने भन्ने प्रतिस्पर्धा चलिरहेको छ’

Posted on March 13, 2022 | views : 1186 | खोटाङ्ग - KTG

फागुन २९, खोटाङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले भ्रष्टाचार न्यूनीकरणमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । आयोगमा सीमित जनशक्ति रहेकाले सबै गाउँमा निगरानी गर्न असहज भइरहेको अवस्थामा सञ्चारकर्मीले प्रवाह गरेको समाचारले भ्रष्टाचारसम्बन्धी घटना अनुसन्धान गर्

Read More

धमाधम पक्राउ पर्दै हलेसीका लागुऔषध व्यवसायी

Posted on March 10, 2022 | views : 760 | खोटाङ्ग - KTG

फागुन २६, खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ५१ वर्षीय युवराज राई र ३३ वर्षीय धीरज राई सोमबार लागुऔषध गाँजासहित पक्राउ परेका छन् । दुर्छिमस्थित बतासेघाट नजिकैपर्ने सुइटेखोलाको बगरमा बिक्री गर्न बोरामा पोका पारेर त्रिपालले ढाकेर ठूलो मात्रामा लागुऔषध गाँजा लुकाएर राखेको छ, भन्ने स्थानीय बासि

Read More

जनयुद्धमा मारिएका ७३ माओवादी नेताका संझनामा शहीद स्तम्भ पार्क निर्माण

Posted on March 08, 2022 | views : 708 | खोटाङ्ग - KTG

फागुन २४, खोटाङ । साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङमा शहीद स्तम्भ पार्क (उद्यान) निर्माण गरिएको छ । दसवर्षे माओवादी जनयुद्धको विभिन्न समय तथा स्थानमा राज्यपक्षबाट मारिएका खोटाङका ७३ शहीदको संझनामा पर्यटकीयस्थल तावाभञ्ज्याङमा शहीद स्तम्भ पार्क निर्माण गरिएको हो । पार्कमा खोटाङका प्रथम शहीद

Read More

खोटाङको साकेलामा अख्तियारले छानबिन थाल्यो

Posted on March 02, 2022 | views : 889 | खोटाङ्ग - KTG

फागुन १८, खोटाङ । साकेला गाउँपालिकाको सामाजिक सुरक्षा भत्तामा अनियमितता भएको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।  मृत्यु भइसकेका, बसाइँ सरिसकेका तथा हुँदै नभएका व्यक्तिको नाममा समेत सामाजिक सुरक्षाभत्ता निकासा गरेर कर्मचारीले अनियमितता गरेको पाइएपछि गाउँपालिकाले द

Read More

सवारी दुर्घटनामा दाजुभाइको मृत्यु

Posted on January 27, 2022 | views : 19586 | खोटाङ्ग - KTG

माघ १३, काठमाडौँ | कलैयामा जिपले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार राति २ जनाको मृत्यु भएको छ। प्रहरी नायव उपरीक्षक राजेश थापाकाअनुसार कलैया-५ का ५५ वर्षीय सितल साह कानु र ४० वर्षीय नरेश साह कानुको मृत्यु भएको हो। दुवै जनाको उपचारको लागि वीरगन्ज अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि वीरगन्ज म

Read More

बुवालुङमा एकीकृत बस्ती निर्माण अधुरै

Posted on January 19, 2022 | views : 824 | खोटाङ्ग - KTG

माघ ५, खोटाङ | दिक्तेल रुपाकोट मझुवागढ–८ दोर्पा बुवालुङस्थित खावाडाँडा र उवाबारीमा एकीकृत बस्ती निर्माण कार्य अधुरै रहेको छ । सुरक्षित नागरिक आवास र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत एकीकृत बस्ती निर्माण थालिए पनि त्यसले पूर्णता पाउन सकेको छैन ।  उपभोक्ताको लापरवाहीले दुवै एकीकृत बस्तीको काम स

Read More

पिसाब नलीमा रबर बाँध्ने महिलाविरुद्ध मुद्दा दर्ता !

Posted on January 16, 2022 | views : 20147 | खोटाङ्ग - KTG

माघ २, काठमाडौँ | ओछ्यानमा पिसाब गरेको भन्दै पिसाब नलीमा रबरले बाँधिदिने होस्टलकी कर्मचारीमाथि मुद्दा दायर भएको छ । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार होस्टलकी कर्मचारी जानुका नेपालीमाथि कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।  जिल्ला सरकारी वकिल कार्याल

Read More

उपत्यकामा बदलियो मौसम, पानी पर्ने सम्भावना !

Posted on January 12, 2022 | views : 21165 | खोटाङ्ग - KTG

पुस २८, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आज काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना रहेको जनाएको छ। मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना रहेको छ। पश्चिमी वायुको प्रभाव प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेशमा दे

Read More

काठमाडौँमा अब के-के गतिविधि गर्न पाइने, के नपाइने ?

Posted on January 11, 2022 | views : 17812 | खोटाङ्ग - KTG

कमल बिक्रम जिसी,पुस २७, काठमाडौँ | कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन रोक लगाइएको छ। आज दिउँसो उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले राती १२ बजेबाट लागु हुने गरी यस्तो निर्णय गरेको हो। सोमबार गृह मन्त्रालयले जिल्ला प्रशासन कार

Read More

प्रेस चौतारी खोटाङका अध्यक्षमा राई

Posted on January 09, 2022 | views : 1466 | खोटाङ्ग - KTG

पुस २५, खोटाङ | प्रेस चौतारी नेपाल खोटाङका अध्यक्षमा सीताराम राई ‘सञ्जीव’ चयन हुनुभएको छ । दिक्तेलस्थित शुभदिन होटलमा शनिबार सम्पन्न पाँचौँ जिल्ला अधिवेशनले उहाँलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।  पन्ध्र सदस्यीय जिल्ला कार्यसमितिको खुला उपाध्यक्षमा राजन ठटाल, महिला उपाध्यक्षमा अस्मिता दाहाल

Read More

देवघाटधामका अतिक्रमित संरचना भत्काउन सुरु

Posted on January 07, 2022 | views : 17837 | खोटाङ्ग - KTG

पुस २३, काठमाडौँ | रासस | पवित्र तीर्थस्थल देवघाटधाममा अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना भत्कालन सुरु गरिएको छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट, तनहुँको देवघाट र चितवनको भरतपुर कार्यक्षेत्र रहेको देवघाट क्षेत्र विकास समितिले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने जनाउँदै अतिक्रमण गरेर

Read More

एकीकृत समाजवादीले विकास योजनाको अनुगमन गर्ने

Posted on January 06, 2022 | views : 1260 | खोटाङ्ग - KTG

पुस २२, खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट विनियोजित  बजेटबाट जिल्लामा सञ्चालन भएका विकास योजनाको अनुगमन गर्ने भएको छ ।  एकीकृत समाजवादीको तेस्रो पूर्ण बैठकले विकास योजनाको अनुगमन गर्ने निर्णय गरेको हो । यसका लागि विवरण सङ्कलन गरेर

Read More

हलेसीमा कोभिडपछिको ठूलो मेला, आज सार्वजनिक बिदा

Posted on December 03, 2021 | views : 1364 | खोटाङ्ग - KTG

मंसिर १७, खोटाङ | खोटाङको त्रि-धार्मिक स्थल हलेसीमा दुई वर्षपछि बालाचतुर्दशी मेला लागेको छ । कोभिड-१९ को महामारीका कारण गत वर्ष स्थगित गरिएको बालाचतुर्दशी मेला यस पटक लागेको हो । हलेसीमा कोभिड सुरू भए यताकै ठूलो मेला लागेको हलेसी विकास समितिका कार्यकारी निर्देशक सम्बरबहादुर भुजेलले बताए ।  बाला

Read More