खोटाङमा ८५ प्रतिशत धान रोपाई सकियो

Posted on: 04 Aug, 2018

चिसाङ शेर्पा | साउन÷१९ खोटाङ | यसबर्ष समयमै पानी परेका कारण साउनको तेश्रो सातासम्म खोटाङमा किसानहरुले ८५ प्रतिशत धान रोपिसकेका छन् । जिल्ला कृषि बिकास कार्यालय खोटाङले दिएको जानकारी अनुसार यसबर्ष किसानहरुले गत साल भन्दा छिट्टै नै धान रोपिसक्ने छन् ।

रोपाई हुन १५ प्रतिशत भने सुक्खा क्षेत्र, बर्षा याममा पाक्ने धान राम्ररी नपाकेको, आकासे पानीको भरमा रोपाई गर्नु पर्ने बाध्यता भएका खेतमा रोपाई गर्न बाँकि रहेको जिल्ला कृषि बिकास कार्यालयका प्राबिधिक सहायक हरिनारायण राईले बताउनुभयो ।

खोटाङ जिल्लामा धान खेत गर्ने योग्य जमिन १५ हजार २०२ हेक्टर जमिन रहेको भए पनि बिगतका बर्षहरुमा किसानहरुले १२ हजार ८९८ हेक्टरमा धान खेति लगाईएको कृषि बिकास कार्यालयले जनाएको छ । कृषकहरुले यसबर्ष भने १० हजार ९ सय ६३ हेक्टरमा रोपाई गरिसकेका छन् । धान रोप्न बाँकि १५ प्रतिशत खेतमा भने यसै साउन महिनाको अन्तिम सम्म रोपाई गरि सक्ने अनुमान गरिएको छ । 

खोटाङका कृषकहरुले गत बर्ष भदौको दोश्रो सातामा धान रोपाई सकेका थिए भने, यस बर्ष समयमै बर्षाद् भएको कारण साउनको अन्तिम सम्ममा धान रोपाई गरिसक्ने अनुमान रहेको प्राविधिक सहायक राईको भनाई रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!