दुबाई जेलमा रहेका जोगीलाई स्वदेश फर्काउन ब्लडमनी संकलन

Posted on: 01 Dec, 2018

चिसाङ शेर्पा | मंसिर १५, खोटाङ | साथीको उद्दार गर्दा हत्या अभियोगमा दुबाई जेलमा रहेका एकजना नेपालीको उद्दारका लागि ब्लडमनी संकलन गर्दै एक संस्था खोटाङमा आईपुगेका छन् । तेह्रथुम फेदाप गाउँपालिका–२ ओयाकजुङका खड्ग बहादुर जोगीको उद्दारका लागि जनजागरण प्रतिष्ठान नामक संस्था ब्लडमनी जुटाउदै शनिबार यहाँ आईपुगेका हुन् ।

सन् २०१७ मा आफूसँगै सवार गाडीबाट खसेर फिलिपिन्स नागरिकको दुर्घट्ना भएको र दुर्घट्ना लगत्तै उपचारका लागि स्थानीय अस्पतालमा पु¥याउँदा मृत्यु भईसकेको र सोही व्यक्तिको हत्या अभियोगमा जेल परेका उनलाई नेपाल फर्काउन सहयोग(ब्लडमनी)जुटाउदै दिक्तेल आईपुगेको जनजागरण प्रतिष्ठानका स्वयंसेवक सर्मिला भण्डारीले जानकारी दिईन् । जोगीलाई  त्यहाँको अदालतले ५ वर्ष जेल र युएई दिराम ६० लाख ब्लडमनी तोकेको छ । 

अदाललाई ब्लडमनी बुझाउन नसकेको खण्डमा जोगीलाई मृत्युदण्ड समेत हुनसक्ने भएकाले ब्लडमनी संकलनका क्रममा चितवन, सिन्धुलीपछि खोटाङ आएको उनले बताईन् । जोगीको श्रीमती दुई छोरा, दुई छोरी छन् । प्रतिष्ठानका ५ जना स्वयंसेवकजस्तै ‘जोगी नेपाल फर्काउ’ अभियानमा आवद्ध भएर विभिन्न संस्थाहरुले नेपालभरी ब्लडमनी जुटाईरहेको छ । हालसम्म ४० लाख ब्लडमनी जम्मा भईसकेको भण्डारीले बताईन् । जोगीलाई नेपाल फर्काउनका लागि आर्थिक सहयोगका गर्नेले दुर्गा प्रसाद गिरी, खगेन्द्र बहादुर जोगी, कुमार गिरीको संयुक्त नाममा नेपाल बैंकमा रहेको खाता नम्बर ०५४००१०६५७०३२९०००००१ ब्लडमनी जम्मा गरिदिन सकिनेछ ।


माथिको तश्वीरमा: ब्लडमनी संकलन गर्न अटो लिएर दिक्तेल आईपुगेका टोली | तस्विर: चिसाङ शेर्पा  

यस बिषयमा तपाइको प्रतिक्रिया...!