खोटाङमा गाउँले आफैँले बनाए आफ्नो गाउँको सडक

Posted on: 29 Dec, 2016

पुस १४, खोटाङ । जिल्लाको दक्षिणी गाविस छितापोखरी–८ का स्थानीय बासिन्दाले आफ्नै लगानीमा ग्रामीण सडक निर्माण गरेका छन् । 

स्थानीय बासिन्दाले चन्दा सङ्कलन गरेर छितापोखरी–७ दुधिले भञ्ज्याङदेखि छितापोखरी–८ गोगनेको तल्लोखर्क जोड्ने साढे तीन किलोमिटर ग्रामीण सडक निर्माण गरेका हुन् । 

गाउँमा सडकको पहुँच विस्तार गर्ने लक्ष्यका साथ रु दश लाख ८७ हजारको लागतमा सडक निर्माण गरिएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष राजेश थापामगरले बताउनुभयो । चन्दा सङ्कलनबाट निर्माण गरिएको यो सडकको नाम ‘जेसीकेम्मा मार्ग’ राखिएको छ । 

सडक निर्माणका लागि रु पाँच लाख सहयोग गर्ने रुद्रसेन राईकी स्व श्रीमती जेसीकेम्मा राईको नाममा सडकको नामकरण गरिएको उपभोक्ता समितिले जनाएको छ । सडक निर्माणका लागि चलाइएको अभियानमा छितापोखरीमा जन्मिएर विभिन्न ठाउँमा रहेका सहयोगदाताले सघाएका थिए । 

यो सडकमा यातायात सेवा सुरु भएपछि सामान ढुवानी तथा आवतजावत गर्न सहज भएको स्थानीयवासीले बताएका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!