खोटाङमा म्याद नागेका खाद्यन्न सामग्री जलाएर नस्ट, २९ प्रकारका खाद्य वस्तु जलाइयो

Posted on: 27 Sep, 2017

चिसाङ शेर्पा | असोज ११, खोटाङ | जिल्ला प्रशासन कार्यालय खोटाङको अनुगमन टोलीले अनुगमनको क्रममा फेला पारेको म्याद नागेका खाद्यन्न बस्तुहरु बुधबार जलाएर नस्ट गरेको छ ।

मङ्गलबार जिल्ला प्रशासन कार्यालयले खोटाङको सदरमुकाम दिक्तेल बजारमा छड्के अनुगमनको क्रममा बजारका बिभिन्न पसलहरुमा फेला पारेको समयअबधी सकिएको बिस्कुट, चाउचाउ, ससजस्ता २९ प्रकारका खाद्य बस्तुहरु जिल्ला प्रशासन कार्यालको परिसरमा जलाएर नस्ट गरिएको प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारीले बताउनु भयो ।

जिल्ला सदरमुकाम दिक्तेल बजारमा जिल्ला प्रशासन कार्यालयको तीन अनुगमण टोली बनाई बजारको २५ वटा खुद्रा पसलबाट २ सय किलोग्राम सामाग्री बरामत गरेको सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुबेदीले बताउनुभयो । 


सहायक प्रमुख जिल्ला अधिकारी सुबेदीका अनुसार ब्यापारीहरुले उक्त म्याद नाघेका खाद्य बस्तुहरु ग्राहकहरुलाई बेच्न प्रयोजनको लागि राखेको अबस्थामा फेला पारिएको हो । फेला पारिएका बस्तुहरु डेढ बर्ष देखि तीन महिना अगाडी म्याद सकिएको पाईएको सहायक प्रजिअ सुबेदीले बताउनु भयो । 

प्रमुख जिल्ला अधिकारीका अनुसार यस्तो अनुगमण यो दशै तिहारको बेलामात्र नगरेर नियमित गरिने बताउनु भएको छ । यस्तो अनुगमण बिषयगत समेत गरिने भएको छ भने आगामी दिनमा औषधी लगायत अन्य बस्तुहरुको पनि छिटै अनुगमन गरिने बताईएको छ । 

माथिको तश्विरमा : अनुगमनको क्रममा म्याद नाघेका खाद्यन्न जिल्ला प्रशासन कार्यालयको परिसरमा जलाएर नस्ट गर्दै । तस्विर: चिसाङ शेर्पा /सास/ खोटाङ


यस बिषयमा तपाइको प्रतिक्रिया...!