कृषि पर्यटन र पुर्वाधारमा प्राथमिकता राख्दै ‘रुमनपा’को नीति तथा कार्यक्रम सार्वजनिक

Posted on: 11 Oct, 2017

चिसाङ शेर्पा/असोज २५, खोटाङ । रुपाकोट मझुवगढी नगरपालिकाको प्रथम ऐतिहासिक नगरसभा तथा उद्घाटन कार्यक्रम समापन भएको छ । 

‘संमृद्ध रुपाकोट मझुवागढीको आधार – कृषि पर्यटन र पुर्वाधार’ भन्ने मुल नाराका साथमा स्थानिय सरकार निर्माणयता सय दिनभित्रको उपलव्धि, आर्थिक वर्ष २०७४÷०७५ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै जिल्ला विकास समितिको समिक्षालय हलमा बुधवार नगरसभाको उद्घाटन सत्र सम्पन्न भएको छ ।

नगरसभाले कृषिमा रुपान्तरण– निर्वाहमुखीबाट व्यवसायीकरण भन्ने नाराका साथमा कृषिक्षेत्रलाई आधुनिकरण गर्ने नीति ल्याएको छ । 

यस्तै स्थानिय गौरवका आयोजनाहरु सडक, पर्यटन प्रर्वद्धन, शहरी विकास, खेलकुद, आय आर्जन, सौर्य उर्जा, खानेपानी, सञ्चारलाई पहिलो प्राथमिकता राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । सहभागीहरुले नीति तथा कार्यक्रममा अझै महत्वपुर्ण तथा भौगोलिक वनावट अनुसारका विषयहरु थप गर्न सुझाव दिएका छन् ।

यस्तो छ ,नगरपालिकाको सय दिने उपलव्धिमुलक कार्यक्रम

गत असार १८ गते स्थानिय सरकारका सपथ ग्रहण गरेका रुपाकोट मझुवागढी नगरपालिका प्रमुख दिपनारायण रिजालले नगरपालिकाको समन्वयमा भएको सयदिने उपलब्धिमुलक गतिविधि सार्वजनिक गर्दै नगरलाई संमृद्ध र सुशासनमा राखिने बताएका छन । 


स्थानिय चुनाववाट निर्वाचित भएको ४५ दिनमा दिक्तेल वजार भित्रका आठ स्थानका कच्ची सडकलाई स्तरोन्नती गरी वजारभित्रका सवारी आवातजावतमा सहजता, नगरपालिका भित्रका पन्ध्र वडामा दुई चरण अन्तरगत सामाजिक सुरक्षा भत्ता वितरण, लेन कुईजर गाडी, हेबी जेनेरेटर, सानो हाते रोलर मेसिन एक÷एक थान, सोलार सेट पाँच थान नगरपालिकालाई प्राप्त भएको नगर प्रमुख रिजालले बताउनुभयो । गाडी भने सरकारी नम्बर प्लेट तथा करका कामहरु सकिएपछि नगरपालिका आईपुग्ने बताए । 

मध्यपहाडी लोकमार्ग सडकलाई गुणस्तरिय र वर्षातको समयमा सञ्चालनका लागि सरोकारवालासंग समन्वयात्मक वैठक, अवैध रुपमा सञ्चालित महुरे क्रसर वन्द, सहरी विकास मन्त्रालयको ९० व्यवस्थित नगरमा रुपाकोट मझुवागढी नगरपालिका समावेश, दिक्तmेल वजारलाई टेलिफोन, विधुत तार र खानेपानी पाईप अण्डरग्राउण्ड तथा सडक पिच गर्ने कार्यमा सर्भे समापन भई डिपिआर तयार, दिक्तेल जिल्ला अस्पताल चोक–दुमुली जाने दुई सय मिटर सडकको काम पुराना विभिन्न वडाहरुमा टोल विकास संस्था निर्माण गरी टोल विकास अगुवाई गर्ने कार्यको थालनी भएको सय दिने उपलब्धिमा समाबेश छ ।

यस्तै, वालमैत्री सिकाई विस्तारका लागि सरस्वती मा.वि विद्धालयलाई वालमैत्री सामग्री वितरण, जेष्ठ नागरिक विश्राम कक्ष व्यवस्थित तथा श्रव्य, दृश्य सामग्री हस्तान्तरण, नगरपालिकाका कामकाजलाई पारदर्शिता तथा शुसासनका लागि महिनाको दुई गते ‘मिट द प्रेस’ कार्यक्रम आयोजना र नगर विकास कोषसँगको सहकार्यमा दिक्तेल वजारभित्र व्यवस्थित सपिङ कम्प्लेक्स निर्माण अध्ययनका निम्ति आठ लाख वजेट विनियोजनजस्ता उपलव्धिमुलक कार्यक्रम भएको नगरप्रमुख  रिजालले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७४÷०७५ को नीति तथा कार्यक्रम विहिवारको वन्दसत्रले पारित गर्नेगरी प्रस्तुत गरिएका कार्यक्रमहरु समग्र नगरपालिकाको हितमा रहेको र जिल्लाका उच्च स्तरीय राजनैतिक दल तथा कार्यालय प्रमुखहरुको राय, सुझाव संकलनका आधारमा योजनाहरु अगाडी लैजाने नगर प्रमुख रिजालले बताएका छन् ।

यसैगरी, विहिवार विहान आठवजे नगरसभाको वन्दसत्र हुदैछ । वन्दसत्र अन्तरगत सुन्य समय, नीति तथा कार्यक्रम पेश, वजेट भाषण, अर्थ विधेयक पेश जस्ता कार्यक्रम हुने रुपाकोट मझुवागढी नगरपालिकाका कार्यकारी प्रमुख खिल राज राईले जानकारी दिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!