खोटाङको लालुपाते सहकारी संस्थालेको कारोबार पाँच करोड बढि

Posted on: 06 Jan, 2018

चिसाङ शेर्पा/पुस २२, खोटाङ । खोटाङको लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाले स्थापनाको दोश्रो वर्षमै पाँच करोड भन्दा बढिको आर्थिक कारोबार गरेको छ ।

वित्तीय कारोबार बाहेक उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने लक्ष्यकासाथ २०७२ साल मंसिर १० गते दिक्तेलमा सेवा सुरु गरेको सहकारीले हालसम्म सवा पाँच करोड बराबरको आर्थिक कारोबार गरेको जनाएको छ । 

शनिबार दिक्तेलमा आयोजित प्रथम वार्षिक साधारणसभामा सहकारीका अध्यक्ष अनिल जोशीले स्थापनादेखि हालसम्म साँढे ३ करोड निक्षेप संकलन गरेको, ३० लाख शेयर संकलन भएको, ८३ लाख राष्ट्रिय सहकारी बैंकबाट ऋण लिएको जानकारी दिए ।

अध्यक्ष जोशीका अनुशार सहकारीले सामुहिक जमानी कर्जा र धितो कर्जा÷व्यवसायीक कर्जातर्फ ४ करोड २५ लाख कर्जा प्रवाह गरेको छ । हालसम्म २ लाख ५० हजार मुनाफा कमाएको सहकारीले जनाएको छ । 

जिल्लामा हालसम्म बित्तिय कारोबार सम्बन्धीका मात्र सेवा प्रबाह गर्दैआएको सहकारीको भीडमा लालुपातेले उत्पादनमूलक, कृषि उपजका सहकारी पशल, उत्पादलशिल क्षेत्रमा लगानी लगायतका सेवाको नारा लिएर स्थापना भएको हो । सहकारीको साधारणसभा प्रदेशसभा सदस्य राजन राईले उद्घाटन गरेका थिए ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!