खोटाङका चार साना उद्यमी सम्मानित, क-कसलाई गरियो सम्मान ?

Posted on: 18 Jan, 2018

माघ ४, खोटाङ (रासस) | लामो समयदेखि निरन्तर घरेलु तथा साना उद्योगको माध्यमबाट स्वावलम्बी तथा आत्मनिर्भर बनिरहेका खोटाङका चार उद्यमी सम्मानित भएका छन् । 

स्वाभिमानी, स्वावलम्बी र आत्मनिर्भर बन्न प्रेरित गर्दै घरेलु तथा साना उद्योगको प्रवद्र्घनमा महत्वपूर्ण योगदान पुर्याउने चारजना उद्यमीलाई घरेलु तथा साना उद्योग विकास समिति जिल्ला शाखाले बुधबार सम्मान गरेको हो । 

विसं २०४२ देखि निरन्तर दिक्तेलमा साना किसान होजियारी उद्योग सञ्चालन गर्दै आउनुभएको रुपाकोट मझुवागढी नगरपालिकाका हैकमसिं राई र २०५७ सालदेखि सयपत्री अगरबत्ती उद्योग सञ्चाल गर्दै आउनुभएका साकेला गाउँपालिका निवासी शिवकुमार ढकाललाई दोसल्ला, सम्मान–पत्र तथा नगद तीन हजारसहित सम्मान गरिएको जनाइएको छ । 

यस्तै, २०६७ सालदेखि दिक्तेलमा सिर्जनशील सिलाइकटाइ उद्योगलाई निरन्तर सञ्चालन गर्दै आउनुभएका रुपाकोट मझुवागढी नगरपालिकाकी देवीकुमारी गेलाल र २०६८ सालदेखि जिल्लाको पहिजान झल्कने कलात्मक लठ्ठी लगायतको सामग्री निर्माण गर्ने दिक्तेल ह्याण्डीक्राफ्ट उद्योगका सञ्चालक भीम विश्वकर्मा पनि सम्मानित हुनुभएको छ । 

उद्यमीहरुलाई प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, विशेष अतिथि रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारी लगायतले सम्मान गुर्नभएको थियो । 

सम्मानित सबैले घरेलु तथा साना उद्योग विकास समितिबाट प्राविधिक ज्ञान तथा सीप प्राप्त गरेपछि व्यवस्थित ढंगले उद्यममा लागेको घरेलु तथा साना उद्योग समितिका उद्योग अधिकृत लोकनाथ खतिवडाले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!