सडक ढलान गरेको एक महिना नबित्दै... (तस्विरमा हेर्नुहोस)

Posted on: 07 Feb, 2018

चिसाङ शेर्पा | माघ २४, खोटाङ | सदरमुकाम दिक्तेलको अल्छेढुंगा–अस्पताल सडकको ढलान सञ्चालन भएको महिनादिन नपुग्दै चिरा परेको छ । रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल अल्छेढुंगा रुटको मर्मतगरी आरसिसि ढलान गरीएको सडक चिरा परेको हो ।


रुपाकोट मझुवागढी नगरपालिकाको तीन लाख लागतमा नगरपालिकाले दिक्तेल २ अल्छेढुंगाको बरमुनी घुम्तीमा २० मिटर सडकको कुना साईडमा करीब १ मिटर ढलान फुटेको हो । मर्मत निर्माण समापन भई गत माघ–७ गतेबाट सञ्चालनमा आएको ढलान फुट्ने, उक्कने र चिराचिरा हुन थालेको हो ।  


सोही रुटको अगाडी खोलाको एप्रोष ११ मिटर ढलान गरेको सडक पनि उक्कीन थालेको छ । कजवे ढलान अथवा (होमपाइप) नराखी खोलामा सोलोमोलो आरसिसि ढलान गरिएको अस्पतालपटिको ढलान उक्कीन शुरु गरेको हो । 

नगरपालिकाका ईन्जिनियर केशव गिरीले प्राविधिक स्टीमेट अनुसार बनेको भनिएको सडक महिनादिनमै भत्किएपछी ईन्जिनियरको कुरा नै हावादारी भएको प्रमाणित भएको छ । मुलुक संघिय संरचनामा गईसक्दा सदरमुकाम आसपासमै बिकासका गतिविधिमा लापरबाही हुनुले जनताहरु आक्रोशित भएका छन् ।


अल्छेढुंगा घुम्तीको ढलानमा स्काईभेटर हिडाईदिएकाले ढलान फुटेको रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो । अगाडी खोलाको ढलान ईन्जिनियरले नै उक्काएको हो रिजालले भने, “स्काईभेटर कसले हिडायो खोजी भईरहेको छ । फुटेको ढलानलाई मर्मत गर्न तत्काल निर्देशन दिएको छु ।”

स्काईभेटर जसले हिडाए पनि एकपटक हिडाउँदा फुट्ने ढलानले नगरपालिका आलेचित बनेका छन् । खोलामा होमपाईप वा कजवे नराखी ढलान गरीएको सडक मर्मत चरणमै विवादित थियो । बर्षातयाममा गाउँभित्र भलबाढी पस्ने, घर तथा जमिन क्षती हुने भन्दै स्थानियले उक्त संरचना तत्काल सुधारको माग गरेका थिए ।


हाल हिउँद महिनामा नै भत्किन थालेको सडकले भावि दिनमा मानविय तथा धनजनको क्षति पुर्याउने भन्दै २५ घरबढीका स्थानियहरुले बिरोध गर्दै आईरहेको छ ।


माथिको तश्विरहरुमा: ढलान फुटेको अल्छेढुंगा–अस्पताल सडक | माथिका तश्वीरहरुले देशको बिकास र गुणस्तरियतालाई अवगत गराएको छ | तस्विर: चिसाङ शेर्पा / साझा सबाल/ खोटाङ्ग  

यस बिषयमा तपाइको प्रतिक्रिया...!