खोटाङको लामिडाडाँमा आगोलागी, साँढे १२ लाखबढी क्षति

Posted on: 21 Feb, 2018

चिसाङ शेर्पा/फागुन ९, खोटाङ । खोटाङमा आगोलागी हुंदा १ घर पुर्णरुपमा जलेर नष्ट भएको छ । 


रावाबेंशी गाउँपालिका ३ लामिडाडाँस्थित धन बहादुर सार्कीको दुईतले घरमा अचानक आगोलागी हुँदा १२ लाख ५६ हजारको क्षति भएको छ ।

बुधबार बिहान ९ बजेदेखी शुरु भएको आगोलागीमा परी सार्कीको श्रीमती रत्नमाया विकको कम्मरमुनीको भाग जलेको छ । 

कम्मरमुनीको भाग जलेका विकको स्थानिय स्वास्थ्य चौकीमा उपचार भईरहेको प्रहरीले जनाएको छ । जलेका बिक बोल्न सक्ने भएकाले उहाँको अवस्था खतरामुक्त रहेको प्रहरीको भनाई छ ।

घरममा लागेको आगो स्थानिय र लामिडाडाँ प्रहरीचौकीका प्रहरीको सहयोगमा बिहान ११: १५ बजे नियन्त्रणमा आएको थियो । 

आगोलागीको कारण खोजी भईरहेको खोटाङका प्रहरी नायब उपरिक्षक लोकदर्शन थापाले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!