सिँचाइको ठेक्कामा अनियमितता भएको आरोप (निबेदन सहित)

Posted on: 26 Jun, 2018

चिसाङ शेर्पा | असार १२, खोटाङ | सीचाई योजनाको ठेक्कामा अनिमितता भएको भन्दै सिँचाई बिकास डिभिजन कार्यालय खोटाङमा निबेदन परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित ‘छेपेखोला–खार्ते खोला सिँचाई’ योजनाको ठेक्कामा अनियमितता भएको भन्दै आईतबार सिँचाई बिकास डिभिजन कार्यालयमा दोर्पाचिउरीडाँडाका उमेशचन्द्र राईले सत्यतथ्य बुझ्नका लागि निबेदन दिनु भएको हो । 

गत जेठ ९ गते १२.३० बजे ठेक्का खोल्दा ३२.५ प्रतिशत बिलोमा शुभ एण्ड ध्रुब कन्ट्रक्सन प्रालिलाई ठेक्का पर्ने भएपछि कार्यालयका कर्मचारीले सजिव निर्माण सेवाको नाममा असार ७ गते आशयपत्र जारी गरेको भन्दै आवश्यक सत्यतथ्य सूचनाका लागि उजुरी परेको हो । ठेक्कामा भएको अनियमितताका बिषयमा जानकारी लिन सूचनाको हक सम्बन्धी ऐन २०६४ अनुशार कार्यालयमा निबेदन दिएको राईले बताए । राईले दिएको सूचनाको हक सम्वन्धी निबेदन सिँचाई बिकास डिभिजन कार्यालयमा ४२० नम्बरमा दर्ता भएको छ । 

निबेदनमा छेपेखोला–खार्ते खोलाको ठेक्कामा संलग्न निर्माण व्यवसायीको बिल अफ क्वान्टिटी, ठेक्का खोलेको मुचुल्का र हाड कपीको अगाडि र पछाडि संलग्न प्रतिनिधिले गरेको हस्ताक्षर उपलव्ध गराउन भनिएको छ । एउटा निर्माण कम्पनीलाई पर्न लागेको ठेक्काको बिल अफ क्वान्टिटी परिवर्तन गरेर अर्कै निर्माण कम्पनीलाई ठेक्का पार्ने खेल भएकाले यथार्थ विबरण माग गरिएको निबेदक राईले जनाए ।

निबेदनका आधारमा सूचना नपाएको उजुरी प्रशासनमा पुगेपछि निमित्त प्रमुख जिल्ला अधिकारी सन्तोष सुबेदीले सोमबार नियम अनुशार सूचना उपलव्ध गराउन सिँचाइ कार्यालयलाई निर्देशन दिएका छन् । सूचना दिनमा अझै आलटाल भइरहेको निबेदकको गुनासो छ । कार्यालयले १ करोड ९९ लाख ४५ हजार २७३ को आयोजनाका लागि गत बैसाख ९ गते सुचना प्रकाशित गरेको थियो । सिँचाई बिकास डिभिजन कार्यालयका प्रमुख हिमालय पौडेलले भने सबैभन्दा कम रेटमा ठेक्का हाल्ने निर्माण कम्पनीकै नाममा ठेक्का आशय दिइएको बताए ।  



यस बिषयमा तपाइको प्रतिक्रिया...!