गायक तथा मोडल वानियाँ ‘बाध्यता दुई’ निकाल्ने तयारीमा

Posted on: 11 Nov, 2017

आधुनिक गिती एल्बम ‘बाध्यता १’ वजारमा रिलिज गरीसकेका खोटाङका नवगायक तथा मोडल रमेश वानियाँ ‘बाध्यता २’ एल्बम निकाल्न अहोरात्र खटिरहेका छन् । 

नेपाली संगीत वजारमा भविष्य खोज्न वाटो पहिल्याउदै उनी बाध्यता दुईवाट संगीत वजारमा जम्न लागेका हुन् । बैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा रहेर गितसंगीतको मोह राख्दै आएका वानियाँले मलेसियामा नै केही गित रेर्कडिङ तथा युट्युवमा सार्वजनिक गरेका थिए । 


रुपाकोट मझुवागढी नगरपालिका पाथेका १० का स्थानीय उनको सार्वजनिक भएको बाध्यता एकमा आज तिम्रो कुरा सुने, वाध्यतामा फशेको छ, छेउमा आई वसिदेउ, तिमि मेरी हौ, छड्के हेराईले, मुटु जलेकोजस्ता गित समावेश रहेको छ ।

एल्बमका ६ वटा गितमध्ये चार गित उनले लेखेका हुन् । तिमि मेरी हौ मिरा राई तथा छड्के हेराईले दिपक वानियाले लेखेका हुन् । सुमन राई, निमसंगीत, शिव थापा मगर, रेवत राई, मनोज राई र मणिपाल राईले संगीत भरेका हुन् । 

आफ्नो एकल एल्बमका अलवा विभिन्न गितहरु गाएका वानियाँको आगामी वजारमा आउने वाध्यता दुईका ट्रयाक, गित तयारी छ भने, गित गाउन र मिक्सिङ गर्न वाँकी रहेको छ । एल्बम तीन महिनामा वजारमा ल्याउने गायक वानियाको भनाई रहेको छ । 

गित प्रचाप्रसार गर्न मिडिया हाउस पुग्ने गरेका उनले मेलिना राईको साथमा हजारौको भिडमा, नम्रता राईसंग दशैतिहार गित, निलो भयो आकाश सारा र मनको रानी, संसार भुलेजस्ता गितहरु गाएका थिए । 

मोलिङमा समेत माहिर उनले आज तिम्रो कुरा सुने, वाध्यतामा फसेको छु, छेउमा आई वसिदेउन, तिमि मेरी हौ, बदनाम नगर तिमि मलाई र हजारौको भिडमा जस्ता गितमा मोडलिङ गरेका छन । उनलाई नायिका सञ्जिता लुईटेल, सुरविना कार्की, विनिता राई, स्मारिका मगर, रविना मगर र सपना तामाङले साथ दिएका छन् । प्रस्तुति: चिसाङ शेर्पा, खोटाङ


यस बिषयमा तपाइको प्रतिक्रिया...!