खोटाङका लोक गायक पोखरेल बने उत्कृष्ट गायक

Posted on: 08 Oct, 2018

चिसाङ शेर्पा | असोज २२, खोटाङ | लोकगायक धर्मराज पोखरेल उत्कृष्ट गायकमा छनौट भएका छन् । सगरमाथा म्यूजिक अर्वाडमा पुर्बेली लोकगीत दुई दिने चोलाबाट उनी उत्कृष्ट लोकदोहोरी गायकमा छनौट भएका हुन् ।

बहुप्रतिभाका धनी पोखरेल लोकदोहोरीतर्फ उत्कृष्ट गायकमा छनौट भएपछि जिल्लाकै नाम उचो भएको छ । उत्कृष्ट गायकमा परेका लोकगायक पोखरेलले खोटाङ नुनथलाका श्रष्टा शिवसंगम राईको शब्द संगीत रहेको ‘दुई दिने चोला’ लोकदोहोरीमा आवाज दिएका थिए । गीतमा उनलाई चर्चीत गायिका मेलिना राईले साथ दिइएकी छन् । 


आगामी मंसिरमा हुने सगरमाथा म्यूजिक अर्वाडमा लोक गायक पोखरेललाई उत्कृष्ट गायकमा जिताउनका लागि मोवाईलको म्यासेज बक्समा गई एसएमए टाईपगरी एक स्पेस दिएर ९ डि टाईपगरी ३३००१ पठाई भोट गर्न सकिन्छ ।

एक दशक अघिबाट नेपाली लोक गायनमा क्रियाशिल पोखरेल राष्ट्रिय स्तरको लोकदोहोरी प्रतियोगितामा उत्कृष्ट गायकमा परेसँगै पुर्वाञ्चल तथा खोटाङको सहभागिता पहिलो रेर्कड भएको छ । देशभरीका लोक गायक मध्येबाट खोटाङका गायक उत्कृष्टमा पर्नु सामान्य कुरा नभएको  लोक गायक पोखरेलले बताए । उत्कृष्ट गायनमा परेका उक्त लोकदोहोरीमा स्वयम् उनले पनि अभिनय गरेका छन् ।

२०२९ कार्तिक २६ गते तत्कालिन बिजयखर्क गाविसमा जन्मिएका उनी एक कुशल ईन्जिनियर, राजनीतिकर्मी, गायक, रचनाकार, मोडल र समाजसेवी हुन् । हालसम्म उनको १९ वटा लोक तथा दोहोरी गीत वजारमा आईसकेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!