अन्तरपार्टी महिला सञ्जाल खोटाङमा दुर्गाजयन्ती

Posted on: 29 Oct, 2016

कात्तिक १३, खोटाङ । अन्तरपार्टी महिला सञ्जाल खोटाङका अध्यक्षमा पूर्वसभासद् तथा नेकपा (माओवादी केन्द्र)का सचिव दुर्गाजयन्ती राई चयन हुनुभएको छ । 

सञ्जालका अध्यक्षमा चक्रीय प्रणाली अनुसार चयन हुने गर्छ । उन्नाइस सदस्यीय सञ्जालका उपाध्यक्षमा एमाले नेत्री निर्मला थापा, सचिवमा काँग्रेस नेत्री अञ्जना बस्नेत, सहसचिवमा सङ्घीय समाजवादी फोरमकी नेत्री आशा राई र कोषाध्यक्षमा राप्रपा नेत्री दुर्गा राई चयन हुनुभएको छ । सञ्जालको शुक्रबार भएको बैठकले नेतृत्व परिवर्तन गरेको हो । 

सञ्जालले सदरमुकाम दिक्तेलमा दिवा सेवा भजन गृह भवन निर्माणका लागि जुटेका वृद्धवृद्धालाई आर्थिक सहयोग गरेको छ । दिवा सेवा भजन गृह भवन निर्माणका लागि अर्थ अभाव झेलिरहेका वृद्धवृद्धालाई आफ्नो नेतृत्व हस्तान्तरण कार्यक्रममा सञ्जालले रु १५ हजार सहयोग गरेको हो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!