आफ्नै पार्टीको निर्णयप्रति कार्यकर्ता एकअर्काको खुलेर विरोध गर्दै

Posted on: 04 Oct, 2017

चिसाङ शेर्पा/असोज १८, खोटाङ । नेकपा माओवादी केन्द्र, नयाँ शक्ति नेपाल र नेकपा एमालेबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने निर्णयले खोटाङको राजनीतिमा तरंग छाएको छ । 

पार्टी एकता र तालमेलप्रति असन्तुष्टि जनाउँदै खोटाङका दुई राजनीतिक दलका कार्यकर्ताहरुले सामाजिक सञ्जाल फेसवुकमा एक अर्काको खुलेर विरोध गरेका छन् । 

नेकपा माओवादी केन्द्रवाट रुपाकोट मझुवागढी नगरपालिका नुनथला १३ का वडाध्यक्ष वनेका भिम राईले ‘एमालेसंग पार्टी एकता होइन चुनावी तालमेल पनि असंम्भव रहने बताएका छन् । तालमेल गरिहाले पनी चुनाव जिताउनु नभएर हराउनु हो’ भनेका छन् ।


प्रदेशसभा चुनाव लगत्तै एउटै कम्युनिष्ट पार्टी बनाउँनेसहित मंगलवार ६ बुँदे सहमति हुंदा नेकपा एमालेवाट रुपाकोट मझुवागढी नगरपालिका वुईपा १४ का वडाध्यक्ष वनेका दिनेश राईले नेकपा माओवादी केन्द नुनथलाप्रति इंगित गर्दै ‘माओवादी केन्द्रसंग कार्यगत एकता गर्नु महुरे नुनथलाका माओवादी कार्यकर्तासंग सिफारिस नचाहिने भन्दै पेरिसडाडाँ नुनथलामा नसरेको भनेका छन् ।’ 


यस्तै, नुनथला १३ का नेकपा एमाले वडाध्यक्ष गजेन्द्र राईले ‘केही वर्षभित्र माओवादी केन्द्रलाई गुगल्समा खोज्नुपर्ने बताएका छन् । त्यो वेला माओवादीलाई असहृय पिडा हुने छ ।’ राईले फेसवुकमा लेखेका छन् ।


प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको पूर्वसंध्यामा एमाले र माओवादीका कार्यकर्ताहरु एकअर्कालाई दोषारोपण गर्न थालेका हुन् । ६ बुँदे सहमतिको नतिजा आउँन वाकी रहंदा खोटाङसहित देशभर राजनीतिक क्षेत्रमा तरंग पैदा भएको छ । सहमतिकर्ता दलका नेताहरुले भने हिजोको सहमतिलाई ऐतिहासिक भनेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!