सकियो दुधकोसी पुल ढलान, मंसिर पहिलो सातावाट गाडी गुडाउँन सकिने

Posted on: 09 Oct, 2017

चिसाङ शेर्पा/असोज २३, खोटाङ । खोटाङ र ओखलढुंगाको जयरामघाटस्थित दुधकोसी पुलको मेन ढलानको काम समापन भएको छ । 

गत बुधवारवाट सुरु भएको ढलान सोमवार सम्पन्न भएको हो । मेन ढलान समापन भएसंगै खोटाङवासीमा उत्साह छाएको छ । मंगलवारदेखी पुलको दायाँवायाँमा रहेको फुटपातमा फर्मा भरिने र बुधवार एकै दिनमा फुटपात ढलान गरि सकिने ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका साईड ईन्जिनियर सिताराम कार्कीले बताउनुभयो  । 

कार्कीले भने ‘फुटपात ढलानसंगै क्युरिङ गर्दै २८ दिन सुकाउनु पर्दछ । क्युरिङ पिरियडमा  पुलको दायाँ एक सय र वायाँ एक सय गरी दुई सय मिटर एप्रोज रोड तयार भइसक्ने र त्यसपछि पुलमा गाडी गुडाउँन सकिने छ ।’ 

सम्झौता म्याद नाघेको ५ वर्षपछि मेन ढलान समापन भएको पक्की पुलमा मंसिर पहिलो सातावाट गाडी गुडाउँन सकिने ठेकेदार कम्पनीले जनाएको छ ।


बिक्रम पाण्डेको हुलास इन्जिनियरिङ र दिवाकर गोल्छाको कालिका कन्स्ट्रक्सनले २०६८ साल असारसम्ममा पूरा गर्ने शर्तमा ०६६ साल भदौमा पुल निर्माणका लागि सम्झौता गरेको थियो । 

करिब १० करोडको लागतमा पूरा हुने भनिएको दुधकोसीको पक्की पुल निर्माणले खोटाङे जनताहरु ठूलो आशा जगाएको छ । खोटाङको बाहुनीडाँडा र ओखलढुंगाको थाक्ले गाबिस जोड्ने जयरामघाटको पुल जिल्लाको प्रमुख नाका हो ।



 



यस बिषयमा तपाइको प्रतिक्रिया...!