खोटाङमा प्रदेशसभा 'ख'मा बाम गठबन्धनका उम्मेद्वार बिजयी

Posted on: 09 Dec, 2017

चिसाङ शेर्पा/मंसिर २३, खोटाङ । खोटाङमा प्रदेशसभा (ख) मा बाम गठबन्धनका उम्मेद्वार बिजयी भएका छन् । 

शनिबार दिउँसो २.३० बजेको मत परिणाम अनुशार कांग्रेसका उम्मेद्वार बिष्णुकुमार राईलाई ६ हजार १३३ मतले पछि पार्दै वाम गठबन्धन (माओबादी केन्द्र)का उम्मेद्वार रामकुमार राई विजयी भएका हुन् । 

मतगणना सकिए पनि विजय÷पराजयको आधिकारिक घोषणा हुन बाँकी छ । प्रदेशसभा (ख) को परिणाम आए पनि मूख्या निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभा (क)को मत गणना सकिएपछि मात्र विजय÷पराजयको परिणाम सार्वजनिक गर्ने तयारी गरेको छ । 

२०६४ सालको संबिधानसभाको पहिलो निर्वाचनमा सांसदमा बिजयी भएका राई पुःन प्रदेशसभा (ख) मा दोहोरिएका हुन् । २०४१ सालमा मालेको विद्यार्थी संगठनबाट राजनितीमा सुरु गरेका राई खम्बूवान राष्ट्रिय मोर्चा, खम्बूवान र माओबादीनिकट लिम्बूवान मुक्ती मोर्चा मिलाएर बनेको किराती राष्ट्रिय मुक्तीमोर्चाको उपाध्यक्ष हुँदै हाल माओबादी केन्द्रका पोलिटव्यूरो सदस्यको भूमीकामा छन् । 

पार्टीभित्र सोझा र इमान्दार नेताको परिचय बनाएका राईसँग बहुदल आउनअघि २५ दिन जेलनेल भोगेको, जनयुद्ध कालमा बन्दुक बोकेर बिग्रेड कमिसार लगायत बनेको अनुभव छ । 

किराती मुक्ती मोर्चाबाट अलग्गिएपछि २०५९ सालमा बनेको किरात वर्कर्स पाटीका केन्द्रीय सदस्य बनेका राई २०६० सालमा पुःन किरात वर्कर्स पार्टी र माओबादीको एकता भएपछि सगरमाथा–जनकपुर व्यूरो सचिवालय सदस्य बनेका थिए । 

२०५६ सालमा सेनासँग भएको भिडन्तमा घाईते भएका उनले विभिन्न समयमा खोटाङ, भोजपुर, संखुवासभा, उदयपुरको इन्चार्जको जिम्मेवारी सम्हालेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!