जड्याहा शिक्षकलाई राजीनामा गराइयो

Posted on: 26 Nov, 2016

मङ्सिर ११, खोटाङ । जिल्ला शिक्षा कार्यालयले मादक पदार्थ सेवन गरेर विद्यालय आएका सरस्वती मावि अर्खौलेका प्रअ डिकवीर राईलाई राजीनामा गराएको छ । 

कार्यालयले बिहीबार गरेको छड्ने अनुगमनका क्रममा प्रअ राई मापसे गरेर विद्यालय आएको थाहा पाएको थियो । विद्यार्थी सङ्गठनका प्रमुख एवम् प्रतिनिधि तथा पत्रकारको टोली लिएर छड्के अनुगमनमा निस्कनुभएका जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालसमक्ष राईले आगामी दिनमा गल्ती नदोहो¥याउने भन्दै राजीनामा दिएका हुन् । 

छड्ने अनुगमन गर्दै अनियमितता गर्ने शिक्षकलाई कारबाही गर्ने अभियान थालेको कार्यालयले गत कात्तिक ३० गते सरस्वती आधारभूत प्रावि पोखरीका शिक्षक मीनबहादुर खत्री र यही मङ्सिर ६ गते नेर्पा–८ रामपुरस्थित जनता निमाविका शिक्षक लक्ष्मीप्रसाद राईलाई पनि राजीनामा गराएको थियो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!