खोटाङमा ट्र्याक्टरले किचेर १० वर्षीय बालकको मृत्यु

Posted on: 30 Apr, 2017

बैशाख १७, खोटाङ । ट्र्याक्टरले किचेर शनिबार ट्याक्टरले किच्दा हलेसी तुवाचुङ नगरपालिका–७ का १० वर्षीय सिसन राईको मृत्यु भएको हो ।

गम्भीर घाइते उनको उपचारका लागि काठमाडौँ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिनुभयो । 

ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया थालिएको र बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको प्रहरीले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!