खोटाङमा वसको ठक्करवाट एक पैदल यात्रुको मृत्यु

Posted on: 10 Oct, 2017

चिसाङ शेर्पा/असोज २५, खोटाङ । खोटाङमा यात्रुवहक वसको ठक्करवाट एक पैदल यात्रुको मृत्यु भएको छ । 

हलेसी तुवाचुङ नगरपालिका च्यास्मिटार प्रहरीचौकीभन्दा पाँच मिटर तल वाहुनीडाडाँको बयक्ता भन्ने स्थानमा ७७ वर्षिय जरीकन्या राईको मंगलवार विहान वसको ठक्करवाट ज्यान गएको हो । उनी वाहुनीडाडाँ एक स्थानीय वासिन्दा हुन् ।

दिक्तmेलवाट यात्रु लिएर जयरामघाटतर्फ जादै गरेको बा ३ ख ६३३५ नम्बरको वसले ठक्कर दिंदा राईको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।

वराहपोखरी गाउँपालिका चारका वसका चालक ३५ वर्षिय अर्जुन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । क्षतिपुर्तिका माग गर्दै मृतकका आफन्तहरुले सडक अवरुद्ध गरेपछि आशिंक रुपमा यातायातमा समस्या भईरहेको प्रहरीले जनाएको छ । 

दुर्घट्नास्थलवाट गाडी  अगाडी जान नदिएपछि यात्रुहरु करीव चार किलोमिटर पैदल हिडेर जयरामघाट गईरहेका छन् ।

 




यस बिषयमा तपाइको प्रतिक्रिया...!