खोटाङमा ‘संगित बिद्यालय स्थापनार्थ’ मंगलवार देखी देउसी खेलिने

Posted on: 16 Oct, 2017

चिसाङ शेर्पा | असोज ३०, खोटाङ | खोटाङमा संगित विद्द्यालय स्थापनार्थ तिहार लक्षित गर्दै चन्दा संकलन स्वरुप देउसी खेलिने भएको छ । जनसांस्कृतीक महासंघ नेपाल खोटाङको आयोजनामा सांस्कृतिक देउसी खेलिने भएको हो ।

महासंघको आईतवार वसेको बैठकले सदरमुकाम दिक्तेल वजारमा असोज ३१ र कात्र्तिक १ गते देउसी खेल्ने निर्णय गरिएको जनसांस्कृतिक महासंघ खोटाङका अध्यक्ष प्रमोद श्रेष्ठ जानकारी दिनुभयो ।

अध्यक्ष श्रेष्ठले भने, ‘जिल्लाका संघसंस्था समाजसेवी राजनीतिक दल, कर्मचारी लगायतलाई सहभागी गराउँने तयारी गरिएको छ । नेपाली सांगितिक क्षेत्रमा खोटाङगे कलाकारहरुले महत्वपुर्ण भुमिका खेल्दै आएपनि खोटाङमा एउटा पनि संगित विद्द्यालय नहुनुले यस क्षेत्रमा लाग्न चाहाने नयाँ प्रतिभाहरु राजधानी नै जानु पर्ने वाध्यतालाई मध्यनजर गरी अभियान थालिएको श्रेष्ठले बताए । 

देउसी कार्यक्रमले चन्दा मात्रै संकलन नभई आपसी मेलमिलाप, भाईचाराको सम्बन्ध समेत प्रगाढ वनाउँने भएकाले देउसी खेल्ने निर्णयमा पुगिएको महासंघको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!