‘टर्चलाईट हुँदैनथ्यो, राँको-अगुल्ठो हल्लाएर देउसी खेल्नु पर्थ्यो’

Posted on: 21 Oct, 2017

चिसाङ शेर्पा | कात्तिक ४, खोटाङ | ‘तिहार कहिले आउँछ, दशै सकिएपछि औलामा गणना गर्न शुरु गरिन्थ्यो । लक्ष्मीपुजाको भोलिपल्ट साँझमा देउसी खेल्नलाई सबै मिलेर राँको (वाँसको साना कप्टेरो) लगभग दिनभरी बनाउँने गरिन्थ्यो अनि, राती वालेर गाउँभरी डुल्ने चलन थियो ।’ नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दमन राईले तिहार अनुभव सुनाए ।

हलेसी तुवाचुङ नगरपालिका च्यस्मिटारका पत्रकार राईले वाल्यकालमा साँझदेखी विहानसम्म देउसी खेलेको विगत बताउनुभयो । त्यो वेला अहिलेको जस्तो टर्चलाईट हुंदैन थियो । राँको, अगुल्ठो हल्लाएर देउसी खेल्नु पथ्र्यो ।’ 

देउसीको माध्यमवाट संकलित रकमले धेरै सामाजिक कार्य गरिएको अध्यक्ष राईले बताए । अहिले गाउँगाउँमा विधुत विस्तार भएको छ । पहिलेको तुलनामा लक्ष्मीपुजा तथा भैलो, देउसी खेल्न अहिले धेरै सहज छ ।  

च्यास्मिटारमा कान्छी वहिनी जमुना राईको हातवाट भाईटिका लगाउँने निर्णयमा पुगेका राईले, चेलीमाईती विचको अर्थ भावनात्मक तथा भौतिकरुपमा तिहारमा छर्लङ्ग हुने बताए । 

उज्यालोका पर्व तिहारमा टाढा–टाढा देखी मानिसहरुको जमघट हुने भएकोले गाउँघर  धेरै रमाईलो लाग्ने राईको भनाई छ । सेलरोटी, वंगुरको फ्राई मासु तिहारको अत्याधिक मन पर्ने परिकार भएको बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!