खोटाङमा सार्वजनिक स्थलमा धुम्रपान गर्न निषेध

Posted on: 07 Dec, 2017

चिसाङ शेर्पा/मंसिर २१, खोटाङ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले सार्वजनिक स्थलमा धुम्रपान सेवनमा रोक लगाएको छ । 

धुम्रपान तथा सूर्ती सेवनबाट हुने मानवीय क्षती कम गर्नका लागि नगरपालिकाले मंगलबारदेखि सार्वजनिक स्थलमा चुरोट, बिँडी, सुर्ती लगायतका धुम्रपान सेवनमा रोक लगाएको हो । 

सार्वजनिक स्थलमा धुम्रपान गरेको पाइएमा जनही पाँच सय जरिवाना गरिने रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए । नगरपालिकाले सार्वजनिक स्थलमा धुम्रपान नगर्न तथा गरेको देखिए/भेटिए प्रहरीलाई खबर गर्न आग्रह गर्दै दिक्तेल बजारमा माइकिङ सुरु गरेको छ । 

नगरपालिकाले मादक पदार्थ सेवन गरेर सार्वजनिक स्थलमा हो–हल्ला र जथाभावी गर्नेलाई पनि कडाइकासाथ जनही एक हजार जरिवाना गर्ने जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!