खोटाङमा ट्याक्टर दुर्घट्ना हुँदा एकको मृत्यु

Posted on: 09 Dec, 2017

चिसाङ शेर्पा/मंसिर २३, खोटाङ । खोटाङमा ट्याक्टर दुर्घट्ना हुंदा एक जनाको मृत्यु भएको छ । 

हलेसी तुवाचुङ नगरपालिका ६ स्थित घुर्चुमा शुक्रबार साँझ भीरबाट ट्याक्टर खसेर दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही नगरपालिका डाडाँगाउका स्थानिय बर्ष २३ को बाल कुमार पुलामी मगरको घट्नास्थलमा नै ज्यान गएको हो ।

साँझ साढे ५ बजेको समयमा हलेसीबाट दुधकोशीतर्फ जाँदै गरेको तत्काल नम्बर नखुलेको ट्याक्टर सप्तेश्वर भीरबाट ७ सय मिटर तल खसेको थियो । ट्याक्टरमा सवार २६ बर्षिय अर्जुन थापा मगर घाईते भएका छन् । घाईते मगरलाई उपचारका लागि प्राथमिक स्वास्थ्य चौकी दुर्छिम पठाईएको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ ।

ट्याक्टरका चालक सोही नगरपालिका बस्ने १९ बर्षिय देबेन्द्र बस्नेत फरार रहेकाले खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!