खोटाङमा पुस पाँचबाट ‘नगर सफाई अभियान’ सुरु

Posted on: 16 Dec, 2017

चिसाङ शेर्पा/पुस १, खोटाङ । नगरपालिका पुर्ण सफाईका लागि मंसिर ५ गतेबाट सदरमुकाम दिक्तेल बजारमा ‘नगर सफाई अभियान’ उद्घाटन हुने भएको छ । नगरलाई सफा, सुन्दर र स्वच्छ बनाउने योजना साथमा नगर सफाई अभियानको सुरुवात गर्न लागिएको हो ।.

शनिबार रुपाकोट मझुवागढी नगरपालिकाको जिल्ला समन्वय समितिमा बसेको बैठक निर्णय अनुसार नगरपालिकामा रहेको पुरानो फोहोरहरुलाई नगर सफाई उद्घाटन्देखीको ७ दिनभित्र उठाई सकिने निर्णय भएको छ ।

दिक्तेल बजारभित्रका कार्यालय, संघसंस्था, होटल, पसल ईत्यादिबाट निस्किएर थन्केका पुरानाभन्दा पुराना फोहोरलाई हप्तादिनभित्र लफ्याङस्थि ल्याण्डफिल्ड साईडमा लगिन सकिने नगरप्रमुख दिपनारायण रिजालले बताउनुभयो । ल्याण्डफिल्ड साईडसम्म पुग्ने सडक बाटो समेत सफाई गरि सकिएको छ ।   

नगर सफाई अभियानले सप्ताह पुरा गरेपछी अनुगमन समितिले पुनः नगर अनुगमन गर्ने छ । 

रिजालले भने ‘अनुगमनका क्रममा कुनै पनि कार्यालय, संघसंस्थामा फोहोर भेटिएमा कार्यालय प्रमुखको कमजोरी ठह¥याउँदै फोहोरसंगै फोटो खिचेर स्थानिय पत्रिकामा प्रकाशित गरिनेछ ।’ 

नगर सफाईलाई कडाई गर्न जिल्ला समन्वय समितिका संयोजक बबि चाम्लिङको संयोजकत्वमा ५ सदस्य अनुगमन टोली गठन भएको छ । टोलीको सदस्यहरुमा नगरप्रमुख दिपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारी, पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष दमन राई, खोटाङ उधोग वाणिज्यसंघका अध्यक्ष राजु लयालु रहेका छन् । 

यस्तै, बैठकले बजारभित्रका सडक पेटीमा अनाधिकृत रुपमा राखेका निर्माण सामग्री, बिक्रीका लागि राखिएका खुद्रा सामान तथा बिना दर्ता चलेका टिकट काउण्टरलाई सरसफाई सप्ताहभित्र हटाउन अनुरोध गरेको छ । निर्णयको बेवास्ता गरी उक्त क्रियाकलाप भएको पाईएमा प्रहरी लगाएर जर्बजस्ती सडकपेटी खाली गरिने नगरप्रमुख रिजालले बताए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!