नदी तर्नेक्रममा खोटाङमा एक युवक बेपत्ता

Posted on: 12 Jan, 2018

चिसाङ शेर्पा/पुस २८, खोटाङ । खोटाङमा ट्यूव चढेर नदी तर्नेक्रममा एक ब्यक्ति बेपत्ता भएका छन् । 

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईको १४ वर्षीय छोरा किरण राई दुधकोसी नदीमा बेपत्ता भएका हुन् । छुट्टीमा साथीहरुसँग माछा मार्न दुधकोसीमा गएका किरण बिहिबार बेपत्ता भएको प्रहरीले जनाएको छ । 

दुधकोसी र सुनकोसीको संगमस्थल नजिकै जोर्तीघाटबाट ट्यूव चढेर नदी तर्नेक्रममा राई बेपत्ता भएका हुन् । प्रत्यक्षदर्शीका अनुशार उनी नदीकोबीचमा पुगेपछि ट्यूवबाट पल्टिएर बेपत्ता भएका थिए । 

बेपत्ताको खोजीका लागि प्रहरीचौकी च्यास्मीटारबाट प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!