खोटाङको हलेसीमा मन्दिरको भेटीसहित चारवटा पसल चोरी

Posted on: 14 Jan, 2018

चिसाङ शेर्पा/पुस ३०, खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ महादेवस्थानमा मन्दिरको भेटीसहित ४ वटा पसलमा चोरी भएको छ । 

शनिबार राती हलेसी बजारका पदम राई, चन्देश्वर चौधरी, हामस राई र कृष्ण कार्कीको पसलबाट चोरी भएको हो । ७५ हजार बढीको चोरी भएको अनुमान गरिएको छ । 

चोरीमा पदमको १५ हजार नगद, १८ हजार बराबरको रिचार्ज कार्ड, चन्देश्वको नगद ५ हजार, हामसको ३० हजार बराबरको ३ थान मोबाईलसेट र कृष्णको नगद ४ हजार चोरी भएको हो । 

त्यसैगरी हलेसी महादेव मन्दिरको तीनदिन अगाडीबाट जम्मा गरिएको भेटी चोरी भएको हलेसी महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले बताउनुभयो ।

शनिवार राती अन्दाजी १२: ३० बजेको समयमा चोरी भएको हुनसक्ने पिडीतहरुको भनाई छ । चोरीको आशंकामा प्रहरीले २ व्यक्तिलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी नायव निरीक्षक नारायण प्रसाद कोइरालाले बताउनुभयो । 

प्रनानि कोईरालाका अनुसार समुहमा चोरी भएको छ यसको नियन्त्रणका लागि प्रहरी परीचालन गरीसकिएको उहाँको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!