शेर्पासंघ दक्षिण कोरियाले सउलमा ग्याल्बो ल्होसार मनाउने

Posted on: 15 Jan, 2018

चिसाङ शेर्पा/माघ १, खोटाङ । शेर्पासंघ दक्षिण कोरियाले कोरियन नयाँ वर्ष सलनालमा २१४५ औं ग्याल्बो ल्होसार साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । 

संघले आईतबार राजधानि सउलमा पत्रकार  सम्मेलन गरि उक्त जानकारी गराएको हो । शेर्पाहरुको मौलिक संस्कृतिको संरक्षण तथा संवर्धनको लागि यसवर्ष पनि संघले यहि फ्रेबु्रवरी १६ मा विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष शेरसाङबो शेर्पाले सम्मेलन मार्फत जानकारी दिए ।


ल्होसार राष्ट्रिय मौलिक चाड भएकाले कोरियास्थित सम्पुर्ण नेपालीहरुमा आपसी भाईचारा र भातृत्व कायम गर्ने भएकाले कोरियावासी नेपालीमा कार्यक्रममा सहभागी हुन शेर्पाले आग्रह गरे ।

आगामी फागुन ४ गते हुने कार्यक्रममा स्थानिय कलाकारहरू र डिजेको बेजोड प्रस्तुति रहने भएकाले कोरियास्थित सम्पुर्ण शेर्पाहरु, विभिन्न संघ संस्था लगायतको उल्लाशमय सहभागिता रहने संघका महासचिव रिन्जि ङवाङ शेर्पाले बताए । कार्यक्रममा साँझको खाना तथा पेयपदार्थको पनि व्यवस्था गरिएको उनले बताए । कार्यक्रम राजधानी सउल स्थित ख्योबो सेङम्येङ बिल्डिङ वाङ्गसिम्निमा हुने आयोजकले बताएको छ ।

सन् २०११ मा स्थापना भएको शेर्पासंघ दक्षिण कोरियाले मौलिक संस्कृति र पहिचानलाई जोगाउँदै हरेकवर्ष ग्याल्बो ल्होसार विशेष कार्यक्रम गर्दै आईरहेको छ । त्यस्तै कोरियास्थित शेर्पाहरुलाई एकजुट पार्दै संघले आपतविपतमा परेका शेर्पाहरुलाई आवाश्यक सहयोग, सिपमुलक तालिम, संचार लगायतका क्षेत्रहरुमा आवाश्यक सहयोग र पहल गर्दै आईरहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!