पत्रकार मगरलाई प्रदेश उत्कृष्ट पत्रकारिता पुरस्कार

Posted on: 19 Feb, 2018

चिसाङ शेर्पा/फागुन ७, खोटाङ । राष्ट्रिय समाचार समिति काठमाण्डौंले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ जिल्ला शाखा खोटाङका अध्यक्ष केदार मगरलाई नगद तथा प्रशंसापत्रसहित पुरस्कृत गरेको छ । 

राससले आफ्नो ५७ औं बार्षिक उत्सबको अवसरमा सोमबार काठमाण्डौंमा आयोजित बिशेष समारोहबीच पत्रकार मगरलाई एक नम्बर प्रदेश उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरेको हो । 

९ बर्षअघि स्थानीय रुपाकोट सामुदायिक रेडियो हुँदै ब्यवसायिक पत्रकारितामा प्रबेश गर्नुभएको अध्यक्ष मगर राससको खोटाङ संवाददाता हुन् । 

नयाँ पत्रिका दैनिक लगायत बिभिन्न स्थानीय सञ्चार गृहमा आबद्घ तथा रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका पत्रकार मगर नेपाल पत्रकार महासंघको निर्बाचित प्रदेश सभाषदसमेत रहनुभएको छ । 

कार्यक्रममा मगरसँग भएको ब्यवसायिक लगनशीलता, ईमान्दारिता लगायत पत्रकारिता क्षेत्रमा हुनुपर्ने गुणहरुका बारेमा चर्चा गर्दै प्रशंसा गरिएको थियो । नेपाल सरकारको समाचार एजेन्सी राष्ट्रिय समाचार समितिले बर्षेनी आफ्नो बार्षिक उत्सब मनाउँदै आएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!